८ भाद्र २०७३, बुधबार

ऐतिहासिक महत्व बोकेको पूर्वी उदयपुरको चौदण्डी गाविसमा अवस्थित चौदण्डीगढीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले स्थानीयहरु लागि परेका छन् । चौदण्डीको पर्यटन विकासको लागि भन्दै पछिल्लो समय त्यस क्षेत्रमा पूर्वाधार विकास तथा पर्यटकलाई आकर्षित गर्ने प्रयासहरुको थालनी गरिएको छ ।
Image result for चौदण्डीगढी
सेन बंशीय राजाहरुले राज्य गरेको इतिहास रहेको चौदण्डीगढी क्षेत्रमा अवस्थित चौदण्डीगढी दरबार संरक्षणको काम सम्पन्न भएको छ । त्यस क्षेत्रमा जाने पर्यटकहरुका लागि भन्दै चौदण्डीगढी दरबार छेउमा अतिथि गृह समेत निर्माण गरिएको छ । करिब १२ लाख रुपैयाको लगानीमा जिल्ला विकास समिति उदयपुरको सहयोगमा तीन बर्ष अघि निर्माण भएको अतिथि गृह भने हाल संचालनमा आउन सकेको छैन । चौदण्डी गढी क्षेत्रमा खानेपानी, विजुली र संचारको अभाव हुँदा चौदण्डीलाई भने जस्तो विकास गर्न नसकिएको स्थानीयहरु बताउँछन् । पर्यटकलाई राख्नका लागि भन्दै बनाईएको अतिथिगृह पनि खानेपानी अभावका कारण राम्रोसँग संचालन गर्न सकिएको छैन । ऐतिहासिक स्थल भएकाले पनि चौदण्डीगढीको संरक्षणको लागि भन्दै पुरातत्व विभाग तथा पर्यटन मन्त्रालयबाट बार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ ।

वेवारिसे अबस्थामा रहेको चौदण्डी गढीलाई संरक्षण गर्ने उदेश्यले पाँच बर्ष अघि मात्र पहिलो पटक चौदण्डीमा चौदण्डीगढी महोत्सवको आयोजना गरिएको थियो । तर त्यसपछिका दिनहरुमा पर्यटकीय गतिविधि गर्न खासै नसकिएको चौदण्डीगढी संरक्षण तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष रोहितमान तामाङले जानकारी दिनुभयो । चौदण्डीको संरक्षण  र प्रचार प्रसारको लागि भन्दै समिति गठन भए सँगै समितिले विभिन्न दाता खोजेर संरक्षण र विकासको काम  भने गर्दै आएको उहाँले बताउँनुभयो ।

चौदण्डीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भ्यू टावर निर्माणको काम समेत अघि बढेको स्थानीय शिक्षक भुईदल राईले जानकारी दिनुभयो । सहरी विकास मन्त्रालयको २१ लाख ५० हजार तथा पर्यटन बोर्डको १० लाख गरी कुल ३१ लाख ५० हजारको सहयोगमा भ्यू टावर निर्माण गर्न लागिएको जनाईएको छ । गढी क्षेत्रमा पूर्वाधारको विकास हुँदै गएको भए पनि खानेपानी समस्याले भने चौदण्डीगढीबासीलाई आजित बनाएको छ ।

LIVE TV