८ भाद्र २०७३, बुधबार

वर्तमान सरकार चैत महिनामा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराउने गरी तयारीमा जुटिसकेको छ । यसै सिलसलामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगमै पुगेर चैतमा स्थानीय तहको निर्वाचनको लागि जुटन आयोगलाई आग्रह गरिसक्नुभएको छ । उसो त मंसिरमा स्थानीय तहको निर्वाचन गराउने गरी तयारी थाल्न यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आयोगमा गई आग्रह गर्नुभएको थियो ।

Image result for निर्वाचन आयोग
वर्तमान सरकारले चैतमा चुनाव गराउन निर्वाचन आयोगलाई सम्पूर्ण प्रक्रियामा सहयोग गर्ने वताएको छ । चैतमा निर्वाचन गराउन कानून वनाउन चुनावको मिति तोक्ने लगायतका विषयमा राजनीतिक दलहरुका बीचमा सहमति हुन आवश्यक छ । यसअघिको सरकारमा माओवादी केन्द्र समेत सम्मिलित थियो । त्यही सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम मंसिरमै निर्वाचन गराउन सरकार र निर्वाचन आयोग लागिसकेका थिए । तर मंसिरमा स्थानीय तहको निर्वाचनको मिति तोकेको सरकार अल्पमतमा परेसँगै प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन वाध्य हुनुभयो । वर्तमान सरकार गठन हुने बेलामा काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताइदै आएको छ । सरकार गठन हुनेवेला नै आफ्नो आयु निश्चित वनाएको वर्तमान सरकरलाई विपक्षी एमालेले गलत नियतले वनेको म्यादी सरकारको संज्ञा दिँदै आएको छ । आफ्नो नेतृत्वको सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने निर्णय गरेकोले मंसिरमै हुनुपर्ने जिकीर एमालेले गर्दै आएको छ । मंसिरमा स्थानीय तहको निर्वाचन भए अन्य दुई निर्वाचन समेत गर्न समय पर्याप्त हुने एमालेको दावी छ । तर स्थानीय तहको निर्वाचन नगराउने स्वार्थले वर्तमान सरकार गठन भएको एमालेको दावी छ ।
नेकपा एमाले, राप्रपा नेपाल लगायतका दलहरु प्रतिपक्षमा छन भने दाहाल नेतृत्वको सरकारले यी सवै दलहरुलाई सहमतिमा ल्याई निर्वाचनको मिति तय गर्नुछ । निर्वाचन आयोगले पनि राजनीतिक दलहरुको बीचमा छिटोभन्दा छिटो सहमति गरि निर्वाचनको मिति तोक्न आग्रह गरिरहेको छ । साथै उसले निर्वाचनको मिति तोक्ने अधिकार कानूनमै आयोगलाई दिनुपर्ने भन्दै पछिल्लो समय माग गर्दै आएको छ । यता नेपाली जनताले विगत धेरै वर्षको संघर्षपछि निर्माण भएको संविधानको दिर्घायुको कामना गरिरहेका छन । आशा गरौ राजनीतिक दलहरुकाबीचमा आवश्यक सहमति भई आगामी वर्षको माघ ७ भित्रमा तीनओटै तहको निर्वाचन सम्पन्न हुनेछन् ।

LIVE TV