८ भाद्र २०७३, बुधबार

विश्व टनिस एशोसिएशनको नयाँ विश्व वरियता क्रम सार्वजनिक भएको छ । नयाँ वरियतामा विश्व नम्बर एक स्थानमा नोभाक जोकोभिच नै कायम छन् भने महिला तर्फ पनि अमेरिकी सेरेना विलियम्स नै कायम छिन् ।

Image result for विश्व टेनिस
बल्र्ड टेनिस फेडेरेसनले डब्लुटिएले बुधबार विहान गरेको विश्व वरियता क्रममा भर्खरै मात्र सम्पन्न रियो ओलम्पिकमा स्वर्ण जितेका बेलायती एन्डी मुर्रे भने दोस्रो स्थानमा रहदा स्विट्जल्याण्डका स्टान बारिन्नका तेस्रो स्थानमा उक्लिएका छन् र त्यस्तै स्पेनका राफेल नाडाल चौथो स्थानमा छन् । क्यानडाका मिलोस रायोनिक पाचौ , जपानका कैई निसिकोरी छैटौ स्थानमा रहे । यता महिला तर्फ भने रियो ओलम्पिकमा तेस्रो राउण्डबाटनै बाहिरिएकी अमेरिकी सेरेना विलियम्स भने पहिलो स्थानमानै रहन सफल भएकी छिन् । जर्मनी एन्जेकिउ कार्बेल दोस्रो , स्पेनका गार्विने मुगुरुजा तेस्रो स्थानमा रहेकी छिन् । पोल्याण्डका अग्नेस्का राडवान्का र रोमानियाकी सिमोना ह्यालेप क्रम चौथो र पाचौ स्थानमा रहेकी छिन् । नयाँ वरियता भने तीन वटा ग्रान्डस्लाम र अन्तर्राष्ट्रिय प्रतियोगिताको आधारमा गरिएको हो । आउदो अगस्ट २९ बाट वर्षको अन्तिम ग्राण्डस्लाम प्रतियोगीता सुरु हुदैछ ।

LIVE TV