८ भाद्र २०७३, बुधबार

अफगान सुरक्षाबलले गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध जारी राखेको कारबाहीको क्रममा करिब २२ तालिवान आतङ्ककारी मारिएका छन् ।

Image result for अफगान सैनिक कारबाहीमा २२ आतङ्ककारी मारिए

यस कारबाहीको क्रममा सात अफगान सैनिकले पनि ज्यान गुमाएका छन् ।अफगान रक्षा मन्त्रालयले बुधबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

अफगानिस्तानमा रहेको ३४ वटा प्रान्तमध्ये ११ वटा प्रान्तमा अफगान प्रहरी र सैनिकको संयुक्त सहभागितामा जारी कारबाहीको क्रममा ती आतङ्ककारी मारिएका छन् । यस कारबाहीमा परी अन्य २१ जना आतङ्ककारी घाइते भएका बताइएको छ ।

उत्तरी कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरको पूर्वी र उत्तरी भागको कयौँ गाउँहरुमा पनि अफगान सुरक्षाबलले कारबाही जारी राखेका छन् ।

यस कारबाहीकाको क्रममा पनि सात आतङ्ककारी मारिनुको साथै अन्य पाँच घाइते भएका प्रहरी प्रमुख जनरल कसिम जानगाल्बाघले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

कुन्दुज प्रान्तको छिमेकमा पर्ने बाघलान र तखार प्रान्तमा पनि गत दुई महिनायता तालिवान आतङ्कारी समूह र सुरक्षाबलबीच भडप जारी रहेको छ ।

गैरसैनिक धेरै मारिएः राष्ट्रसङ्घ

यसैबीच संयुक्त राष्ट्रसङ्घद्वारा हालैमात्र जारी गरिएको एक प्रतिवेदनअनुसार अफगानिस्तानमा जारी द्वन्द्वका कारण प्रभावित सामान्य नागरिकको सङ्ख्या यसवर्ष धेरै बढेको बताइएको छ ।

उक्त प्रतिवेदनले अफगानिस्तानमा मारिएका गैरसैनिकको संख्या अहिलेसम्मकै उच्च भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङघले जनाएअनुसार सन् २०१६ को पहिलो छ महिनामा अफगानिस्तानमा भएको द्वन्द्वका कारण मृत्यु हुने गैर सैनिकको सङ्ख्या यस अघिका वर्षको तुलनामा उच्च रहेको छ ।

राष्ट्रसङ्घले सन् २००९ देखि आधिकारिक रुपमा द्वन्द्वपीडितको तथ्याङ्क सङ्कलन गर्न सुरु गरको जनाएको थियो । यस वर्षको तथ्याङ्कले पीडितको सन् २००९ पछिको सबैभन्दा उच्च दर देखाएको छ ।

सो अवधिमा एक हजार ५०९ बालबालिका द्वन्द्वबाट पीडित भएका बताउँदै संयुक्त राष्ट्रसङ्घले यसलाई खतरायुक्त भनी अफगानिस्तानलाई सजग पनि गराएकोे छ ।

सन् २०१६ को जनवरीदेखि जुनसम्मको समयमा अफगानिस्तानमा द्वन्द्वका कारण एक हजार ६०१ गैर सैनिकको मृत्यु भएको छ भने तीन हजार ५६५ जना घाइते भएका छन् ।

पछिल्लो तथ्याङ्कले अफगानिस्तानमा इस्लामिक स्टेट्स् ९आइएस० समूहको बढ्दो गतिविधि र तालिवानको राष्ट्रव्यापी विद्रोहको प्रभावमा कमी नआएकोे बताइएको छ ।

मुलुकमा पछिल्लो समयमा हिंसात्मक गतिविधिमा कमी आएको सरकारको दाबी थियो । तर राष्ट्रसङ्घको यो तथ्याङ्क सरकारको दाबीको विपरित देखिएको अधिकारीहरु बताउँछन् । रासस÷एएफपी

LIVE TV