८ भाद्र २०७३, बुधबार

मंगलबार विहान देखि अवरुद्ध राप्ती राजमार्ग अन्र्तगत दाङ सल्यान सडकखण्ड अझै खुल्न सकेको छैन । यस सडकखण्डको साततले नजिकमा झरेको पहिरोले सडक अबरुद्ध बनेको हो । पहिरो झर्ने क्रम नरोकिएकोले सडक सुचारु हुन नसकेको प्रहरीले जनाएको छ ।

bato
सडक नखुल्दा सयौँको संख्यामा सवारीसाधन विचमै रोकिएका छन् । तर लामो समयसम्म विच जंगलमै बस्न समस्या भएपछि सल्यानबाट गएका यात्रु पहिरो झरेको स्थल सम्म गएर त्यहाँबाट लोकल गाडीबाट दाङ तर्फ जाने गरेका छन् । पहिरो हटाउने काम भइरहेकाले सम्भवत आजै सडक सुचारु हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यसैबीच पहिरोले सडक अवरुद्ध हुँदा सल्यानको ताजा तरकारी विचमै रोकिएको छ । मंगलबार नै विभिन्न बजारमा पठाउनुपर्ने तरकारी कपुरकोटमै गाडीमा लोड भएको अवस्थामा रोकिएको व्यापारीहरुले जनाएका छन् ।

gato

LIVE TV