७ भाद्र २०७३, मंगलवार

नेपाल र चीनवीचको सीमा सुरक्षा बैठक मंगलबार सम्पन्न भएको छ । रसुवाको स्याफ्रुबेसीमा भएको सिमा सुरक्षा बैठकमा चिनसंगको व्यापार, विकास र सिमा सुरक्षाको विषयमा छलफल भएको छ ।


छलफलमा चिनीया टोलीले नेपालको बाटो साँघुरो भएको, नेपालीहरु केरुङमा धेरै बसिरहेको भन्दै यसलाई व्यवस्थित बनाउन सुझाब दिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस्तै नेपालको हाकु र थुमनको जंगलमा डडेलो लाग्ने र यसले चिनलाई पनि असर गर्ने भएकाले यसलाई नियन्त्रण गर्न सुझाब दिएका छन् ।
उनीहरुले अहिले दिदै आएको पासमा केही व्यवस्थित हुन नसकेका कारण धेरै नेपालीलाई चीन प्रवेश गराउन गाह्रो हुने र सुरक्षाको चुनौति रहेको औल्याएका थिए । नेपालीहरुले व्यवस्थित रुपमा व्यापार व्यवसाय गर्न चाहेमा मात्र चिनको तर्फबाट थप पास र भिसा दिन सकिने बताएका थिए ।
यता नेपालका अधिकारीहरुले भने चिनसंगको सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका थिए । नेपालले चिनसंगको व्यापर व्यवसायलाई अझ थप व्यवस्थित बनाउन चाहेको र यसलाई सहयोग गर्न चीन सरकारलाई आग्रह गरेको साहयक प्रमुख जिल्ला अधिकारी दिपक केसीले जानकारी दिनुभयो ।
भृकुटी र स्रङचङ गम्पोको पुरानो सम्बन्धलाई स्मरण गराउदै नेपालले जहिले पनि एक चिन निती लिने नेपाली टोलीले बताएका थिए । नेपालको तर्फबाट सिमा सुरक्षामा जहिले नै सतर्कता अपनाउने र दुईदेश विचको सुरक्षा निकायसंग सम्पर्कमा रही अपराधिक गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

LIVE TV