७ भाद्र २०७३, मंगलवार

सूचना तथा सञ्चारमन्त्री राम कार्कीले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र सेवा सर्तबारे समितिले गरेको सिफारिस कार्यान्वयन गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विगतको सरकारले गरेको निर्णयले पत्रकारहरुलाई काम गर्न सजिलो र हौसला मिलेको भन्दै उहाँले निरन्तरता दिने बताउनुभएको हो ।


मंगलवार सूचना तथा सञ्चार मन्त्रालयमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री कार्कीले विगतमा सरकारले गरेका निर्णय आफूले कार्यान्वयन गर्ने आश्वासन दिनुभयो । उहाँले ठूला र साना सञ्चारगृहका समस्यालाई अलग ढङ्गले विश्लेषण गरेर मात्रै आफू अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा मन्त्री कार्कीले राजपत्रमा अंकित भइसकेको विषय छिट्टै नै लागु हुने र यसको मन्त्रालयले निगरानी समेत गर्ने आश्वासन दिनुभयो ।

LIVE TV