७ भाद्र २०७३, मंगलवार

सबिता उप्रेती,काठमाण्डौं उपत्यकाका अधिकांश बधशाला र मासु पसल फोहोर तथा मापदण्ड विपरित पाइएको छ । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको विशेष टोलीले अनुगमनका क्रममा अधिकांश बधशाला र मासुपसलले सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पत्ता लगाएको हो । मापदण्डविपरित रहेका केही पसल र बधशालालाई टोलीले तत्काल सुधारका लागि निर्देशन समेत दिएको छ ।

14088781_1797091340575046_548656218_n
आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको विशेष टोलीले मासु पसलमा मासुको गुणस्तर र स्वच्छता कायम राख्न अनुगमनलाई तिब्रता दिएको हो । बधशालादेखि  भान्छासम्म स्वच्छ र स्वस्थ्य मासु पु¥याउनका लागि सरोकारवाला सबै निकाय सचेत हुनुपर्ने टोलीको ठहर छ ।
आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विशेष अनुगमनको ५ औ दिनमा मंगलवार मासु बधशालादेखि मासु पसलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा केही मासु पसलमा कुहिएको मासु फेला परेको छ । बधशाला र मासु राखिएका स्थान फोहोरयुक्त पाइएका छन् भने मासु पसलेहरुले कम तौलका ढक तराजु राखेर उपभोक्तालाई ठगी गरेको भेटिएको अनुगमन टोलीले बताएको छ ।
पैसाको नाउमा व्यापारीहरुले उपभोक्ताहरुको स्वास्थमाथि खेलवाड गर्नेहरुलाई कडा भन्दा कडा सजाँय दिनुपर्ने अधिकारकर्मीहरुले बताएका छन् ।
सरकारले बजार अनुगमनलाई तिव्रता दिएपछि बजारमा केही सुधारका संकेतहरु पनि देखिएका छन् । सरकारी अनुगमन औपचारिकतामा मात्र सिमित नभई निरन्तर भइरहे उपभोक्ताहरु बजारबाट कम ठगिने थिए ।

14111772_1797091627241684_2128243425_n

LIVE TV