७ भाद्र २०७३, मंगलवार

हावाहुरीले रसुवाको ग्राङस्थित राष्ट्रिय प्रशारण लाइनको तार चुडिएपछि विद्युत सेवा अवरूद्ध भएको छ ।


सोमबार दिँउसो चलेको हावाहुरीका कारण ६६ केभी प्रशारण लाइनको तार चुडिंदा सोमबार वेलुकादेखि विद्युत सेवा अवरूद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण धुन्चे शाखाका प्रमुख सोभितबहादुर क्षेत्रीका अनुसार हावाहुरीले तार चुडिंदा सदरमुकाम धुन्चे लगायत जिल्लाको माथिल्लो भागका गाविसमा विद्युत सेवा ठप्प भएको छ ।
तार जडानको लागि काठमाडौंबाट प्राविधिक आउनुपर्ने भएकाले मंगलबार दिउँसो सम्ममा विद्युत सेवा नियमित हुने प्राधिकरणले जनाएको छ । ग्राङ सदरमुकाम धुन्चेबाट ११ किलोमिटर दक्षिणमा पर्दछ ।

LIVE TV