७ भाद्र २०७३, मंगलवार

प्रधानन्याधीश सुशीला कार्कीले कानून व्यवसायीहरुलाई पेशागत मर्यादा जोगाउन सचेत गराउनुभएको छ । प्रधानन्यायधीश कार्कीले न्याय क्षेत्रको गरिमाको ख्याल गर्दै विद्वता प्रदर्शन गर्न समेत कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

susilakarki5
नवनियुक्त प्रधानन्यायधीश, न्यायधीशहरु र महान्याधिवक्ताको सम्मान र शुभकामनाका लागि सर्वोच्च वार एशोसिएशनले आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय हितमा दवाब र मार्गदर्शन सिर्जना गर्ने गरी पेशागत अभ्यास गर्न आग्रह गर्नुभयो । एक पक्षको वकालत गर्ने कानुन व्यवसायीहरु र दुवै पक्षको वकालतको आधारमा निर्णय गर्नु पर्ने वाध्यताको कारण उदाहरणीय बन्न उहाँको आग्रह थियो । पर्याप्त वहश र व्याख्या हुन सकेमात्र त्यो संभव रहेको भन्दै प्रधानन्यायाधीश कार्कीले न्याय क्षेत्रको विद्वताको ख्याल गर्न आग्रह गर्नुभयो ।
लामो समयसम्म फैसला हुन नसक्दा पीडितहरुमा निराशा र पिडा उत्पन्न हुने बताउदै उहाँले अदालतले पुरानो मुद्दालाई प्राथामिकता दिएको प्रष्ट पार्नुभयो ।
प्रधानन्यायधीश कार्कीले जिल्ला र सर्वोच्चको तुलनामा पुनरावेदन अदालतमा चुनौति र समस्याहरु धेरै भएको बताउनुभयो । उहाँले कानुन व्यवसायीहरुसँग समन्वय र सहकार्य गरी संविधानको कार्यन्वयन र स्वतन्त्र, जवाफदेही र निष्पक्ष न्याय संपादन गर्न न्याय क्षेत्र तयार रहेको पनि प्रष्ट पार्नुभयो ।

LIVE TV