७ भाद्र २०७३, मंगलवार

एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको टीकापुर हिंसात्मक घटनाको एक वर्ष पुरा भएको छ । पछिल्लो एकवर्षमा निकै कठिनसंग टीकापुरले आफुलाई पुरानै अवस्थामा ल्याएको छ । अहिले त्यहाँ पहाडिया र थारुबीच पुरानै अवस्थाको आत्मियता र सम्वन्ध पुर्नताजगी भएको छ ।

sarar

२०७२ भदौ ७ गतेदेखि त्रसित वनेका स्थानीय वासिन्दा र थारु तथा पहाडी समुदाय वीच वढेको दुरी कम हुँदै र सद्भाव पुर्ववत अवस्थामा फर्किदै गएको घटनाका प्रत्यक्षदर्शी स्थानीय कमला शाहीले बताउनुभयो ।
सदियौदेखिको थारु र पहाडीयाबीचको सम्बन्ध विस्तारै सुमधुर हुदै गएको टिकापुर घट्नाका अर्का प्रत्यक्षदर्शी सुन्दरी जैसीले बताउनुभयो ।
घटनास्थल टीकापुर–६, शंकरपुर पशुहाटबजार र आसपासका क्षेत्रमा थारु र पहाडी समुदायबीच पहिलेजस्तै एकअर्काको घरमा जाने, अफ्ठेरो पर्दा एकअर्कालाई सहयोग गर्ने लगायतका कतिपय कामहरु संगै गर्न थालेको स्थानीय दलका नेताहरुले बताएका छन् ।
सामाजिक सद्भाव कायम राख्नका लागि भएका प्रयासले दुई समुदायबीच उत्पन्न दुरी कम गरेको छ । यद्यपि दुई समुदायबीचको केही दुरी अझै कायम रहेको त्यहाँका नागरिक अगुवाहरुले बताएका छन् । घटनापछि उत्पन्न दुई समुदायबीचको असमझदारीका केही रेखाहरु अझै मेटिन बाँकी रहेको तर बाहिर हल्ला गरिएजस्तो असमझदारी भने नरहेको नागरिक समाज टीकापुरका संयोजक फिरुलाल चौधरीले बताउनुभयो ।
एक वर्षको अवधीमा केही समय अगाडी ९ जनालाई सहिद घोषणा गर्दै १० लाख रकम दिने सरकारले निर्णय गरेको थियो । तर घटनाका पिडितहरुले अझै न्याय र क्षतिपुर्ति पाउन सकेका छैनन । घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी त्यस दिनदेखि नै वेपत्ता छन् । फरार चौधरीलाई पक्राउ गर्न सकिएको छैन । यता स्थानीय प्रशासनले पनि क्षतिपुर्तिका लागि पहल भैरहेको जनाएको छ । त्यसका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै राहत क्षतिपुर्तिको कामलाई तत्कालै सुरु गर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो  ।
टिकापुर घटनामा प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपने, प्रहरी निरिक्षकद्वय केशव बोहरा, बलराम विष्ट, प्रहरी हवल्दारहरु ललित साउद, राम विहारी चैधरी र लक्ष्मण खड्का, प्रहरी जवान लोकेन्दै चन्द, प्रहरी हवल्दार नेत्र साउदका १८ महिने छोरा टेक बहादुर साउदको मृत्यु भएको थियो ।

LIVE TV