७ भाद्र २०७३, मंगलवार

नेपित्व,  भदौ । म्यानमारका राष्ट्रपति उ तिन च्यो र भारतीय विदेशमन्त्री शुष्मा स्वराजबीच म्यानमारमा भेटवार्ता भएको समाचार छ ।

सोमबार साँझ म्यानमारका राष्ट्रपतिको भवनमा उहाँहरुबीच भेटवार्ता भएको म्यानमारका राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उहाँहरुबीच द्विपक्षीय व्यापारको प्रवद्र्धन गर्ने विषयमा पनि छलफल भएको समाचारमा जनाइएको छ ।

उहाँहरुबीच म्यानमार र भारतका बीचमा यातायात, स्वास्थ्य र उर्जाका क्षेत्रमा लगानी आदानप्रदान एवम् अन्य साझेदारीका विषयमा पनि छलफल भएको समाचारमा जनाइएको छ ।

उहाँले सोमबारै म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री स्वराज हाल औपचारिक भ्रमणका क्रममा म्यानमारमा हुनुहुन्छ । रासस÷सिन्ह्वा

LIVE TV