७ भाद्र २०७३, मंगलवार

– विकास थपलिया

Bikash Thapaliya

प्रविधिले निम्त्याउने परिणामहरू कति बुझी नसक्नु छ—⁠आविष्कारहरू मानिसका लागि उपयोगी त छन् तर धेरै समस्याको कारक तत्व र जीवनका बृहत् क्षेत्रहरूलाई असर गर्न सक्ने पनि यिनै हुन् । प्रत्येक प्राविधिक उन्नतिहरूले सम्भाव्य फाइ⁠दा सँगसँगै खतराहरू पनि बोकेर आउँछन् । कुनैकुनै खतराबारे त भविष्यवाणी गर्नै गाह्रो छ ।आधुनिक, वैज्ञानिक, प्राविधि युगले संसारका विभिन्न भागमा घटेका वातावरणीय विनाशका कारुणिक चित्रहरू हाम्रो आँखा अगाडि नाच्न थाल्छन्् । ती प्रत्येक विनाशले हामीलाई पृथ्वीको वातावरणमा घातक आक्रमण भइरहेको दृश्यलाई मन मस्तिष्कमा कैद गरेर राखेको छ ।

वातावरण भन्नाले हामी दुई किसिमले बुझ्ने गर्छांै एउटा प्राकृतिक वातावरण र अर्को सामाजिक÷सांस्कृतिक वातावरण । प्राकृतिक वातावरण भन्नाले जो प्रकृतिले निःशुल्क प्रदान गरेको परिवर्तन गर्न नसकिने जस्तै हावापानी, माटो, वन जंगल, पशुपक्षी, तापक्रम, खनिज आदि प्राकृतिक वातावरणअन्तर्गत पर्छन् भनेर बुझ्छाँै भने सामाजिक÷सांस्कृतिक वातावरणअन्तर्गत मूल्य, रीति, परम्परा, धर्म, सामाजिक संगठन, लेनदेन आदि सामाजिक÷सांस्कृतिक वातावरणभित्र पर्छन् भनेर बुझ्छाँै ।

मानवबाहेक पृथ्वीका सम्पूर्ण प्राणी प्राकृतिक वातावरणलाई नै घर बनाएका हुन्छन् अर्थात् उनीहरू बाँच्ने भनेकै प्राकृतिक वातावरणमा नै हो । मानवले भने दुवै वातावरणको उत्तिकै प्रयोग गरेको हुन्छ, त्यसैले बाँच्नका लागि वातावरणको अत्यन्तै महत्व हुन्छ । वातावरणले जीवनका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने हुनाले वातावरण सम्पूर्ण प्राणीको घर हो भन्दा फरक पर्दैन ।

के पृथ्वीमा एसी लगाउन मिल्छ ? मिल्दैन । त्यसैले वातावरणीय खतराबारे विभिन्न संघसंस्थाले पनि खतराको घन्टी बजाइरहेका छन् । तीमध्ये केही, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनस संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमस छन् । कतिपय संघसंस्थाले आफ्नो कामलाई असर गरेको बेला मात्र वातावरणीय समस्याबारे रिपोर्ट गर्छन् ।

कतिपय ठाउँहरूमा लोभले प्रमुख भूमिका खेल्छ, जब शक्तिशाली व्यापारिक संस्थाहरूले सरकारहरूलाई आफ्नो व्यापारिक नाफामा प्रत्यक्ष असर पर्ने गरी कुनै पनि सम्झौता नगर्न कडा दबाब दिन्छन् ।

पानी प्रदूषणका खतराहरूबारे व्यक्ति विशेष र संघसंस्थाले बारम्बार चेतावनी दिँदै आएका छन्् । यद्यपि, समस्याहरू ज्युँका त्युँ छन्् । एक अर्ब मानिस स्वच्छ पिउने पानीबाट वञ्चित छन्् । एक रिपोर्टअनुसार हरेक वर्ष ३४ लाख मानिसको पानीले निम्त्याउने रोगबाट मृत्यु हुने गर्छ । वायु प्रदूषणको समस्या पनि यस्तै छ । द स्टेट अफ वल्र्डस पोपुलेसन रिपोर्टका अनुसार वायु प्रदूषणले हरेक वर्ष अनुमानित २७ देखि ३० लाख मानिसको ज्यान लिन्छ । रिपोर्ट थप यसो भन्छ, ‘खुला हावाको प्रदूषणले १.१ अर्बभन्दा धेरै मानिसलाई हानि पु¥याउँछ । हो, हालसम्म दिइएका चेतावनी र चालिएका कदमहरूका बाबजुद जीवनका लागि अपरिहार्य यी आधारभूत तत्वसित गाँसिएका समस्याहरू झन्झन् चर्कंदै गइरहेका छन् ।

वातावरणीय विषयमा यति थुप्रै जानकारी पहिले कहिल्यै उपलब्ध भएका थिएनन् । थुप्रै व्यक्ति विशेष र संघसस्था वातावरण सफा राख्न यति विघ्न उत्सुक पहिले कहिल्यै भएका थिएनन् । समस्या समाधानमा टेवा पुगोस् भनेर सरकारहरूले विभागहरू स्थापना गरेका छन् । समस्यासित लड्न यति थुप्रै प्रविधि पहिले कहिल्यै हामीसित थिएनन । तैपनि, परिस्थिति सुध्रिएको जस्तो पटक्कै देखिँदैन । आखिर किन ?

समस्या गिजोलिन्छ मात्र

औद्योगिक उन्नतिको उद्देश्य हाम्रो जीवनलाई सजिलो बनाउनु थियो । केही क्षेत्रहरूमा यसले हाम्रो जीवन सजिलो नबनाएको पनि होइन । यद्यपि, पृथ्वीको वातावरणीय समस्यालाई चर्काउनमा यही उन्नतिको प्रमुख हात छ । हो, औद्योगिक विकासले हामीलाई दिएका आविष्कार र प्रगतिहरूको हामी कदर गर्छौं तर यसका उत्पादनहरू र ती उत्पादनहरूको प्रयोगले विश्वका केही भागहरूमा अक्सर विध्वंस मच्चाइरहेका छन् । यसको ज्वलन्त उदाहरण मोटर गाडी हो । यसले यात्रालाई छिटो र सुगम बनाइदिएको छ । थोरै मानिस मात्र घोडा र बग्गीको युगमा फर्कन चाहन्छन् होला । यद्यपि, आधुनिक यातायातले तीन थुप्रै समस्या जन्माएको छ । त्यसमध्ये एउटा विश्वव्यापी उष्णता हो ।

मानिस जातिले करोडौं टन ग्याँस छोड्ने आविष्कारको प्रयोगद्वारा वायुमण्डलको रासायनिक बनौटमै परिवर्तन ल्याइरहेका छन् । यी ग्यासहरूलाई नै हरितगृह प्रभावको कारक तत्व मानिएको छ जसले वायुमण्डलको तापक्रम बढाउँछ । गत शताब्दीमा तापक्रममा वृद्धि आयो । दि यु. एस. इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सी यस्तो रिपोर्ट दिन्छ, ‘२० औं शताब्दीको सबैभन्दा गर्मी १० वर्षहरू यस शताब्दीका अन्तिम १५ वर्षहरू थिए ।’ केही वैज्ञानिक २१ औं शताब्दीमा विश्वव्यापी रूपमै १.४ देखि ५.८ डिग्री सेल्सियससम्म तापक्रम बढ्न सक्ने प्रक्षेपण गर्छन् ।

यस शताब्दीमा समुद्री सतह निकै बढ्न सक्छ । विश्वका एकतिहाइ जनसंख्या समुद्रनजिकै बस्ने भएकाले यसले अन्ततः घर र खेतीयोग्य जमिनलाई क्षति पु¥याउन सक्छ । यसले गर्दा समुद्रीतटमा रहेका सहरहरूमा धेरै कठिनाइ आइपर्न सक्छ ।

बढ्दो तापक्रमले गर्दा घरीघरी अस्वाभाविक रूपमा मौसम बिग्रनुका साथै अत्यधिक वर्षा हुनेछ भनी वैज्ञानिकहरू विश्वास गर्छन् । अन्य अनुसन्धातालाई लाग्छ, मौसममा आउने परिवर्तनले गर्दा औलो, डेंगु, हैजा जस्ता रोगका कीटाणुहरू सर्वत्र फैलिनेछन् ।

हामी के गर्न सक्छौँ ?

पर्यावरण जोगाउन हुने अन्तर्राष्ट्रियस्तरका सम्झौतामा हस्ताक्षरहरू गरिए तापनि पछि कतिपय पक्षहरू आफ्नो दायित्वबाट पन्छिन्छन् । अन्य कतिपयलाई सम्झौता व्यवहारमा लागू गर्नै गाह्रो लाग्छ । कतिपय परिस्थितिमा, सरकार अथवा निगमलाई वातावरणीय सफाइमा लाग्ने खर्चहरू बेहोर्न असक्षम भएको महसुस हुन्छ । कतिपय ठाउँहरूमा लोभले प्रमुख भूमिका खेल्छ, जब शक्तिशाली व्यापारिक संस्थाहरूले सरकारहरूलाई आफ्नो व्यापारिक नाफामा प्रत्यक्ष असर पर्ने गरी कुनै पनि सम्झौता नगर्न कडा दबाब दिन्छन् ।

प्रदूषणले पृथ्वीलाई कुन हदसम्म असर गर्न सक्छ भन्ने कुरामा सबै वैज्ञानिकको एकमत नभएकाले समस्या अझ जटिल भएको छ । तसर्थ, समस्याको रूपमा खडा हुन सक्ने वा नसक्ने पक्का नभएका कुराहरूका लागि कुन हदसम्म आर्थिक उन्नतिलाई रोक्ने भन्ने सन्दर्भमा सरकारी नीति निर्माताहरू अन्योलमा छन् । मानिस जाति साँच्चै अन्योलमा छन््, समस्या छ र यसलाई समाधान गर्न केही गर्नुपर्छ भनेर सबैलाई थाहा छ । के यसको मतलब एक दिन पृथ्वी मानव बस्तीका लागि अयोग्य भएरै छाड्ने छ त ? अब हामी यस प्रश्नको जवाफलाई केलाऔं ।

लेखक बिकास  थपलिया न्युज २४ का टिभी जर्नालिस्ट हुन् ।

 

LIVE TV