७ भाद्र २०७३, मंगलवार

कोत्की कालीका देबी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ब्रासलेट’पनि यहि भदौको १७ गतेबाट दर्शक माझ पदर्शनमा आउँदैछ । फिल्मले सामाजिक कथाबस्तुलाई नै पर्दामा प्रस्तुत गर्ने भएको छ । फिल्ममा लभ, एक्शन, रोमान्स लगाएतका जीवनमा आउने बिभिन्न बाधा अबरोधहरुलाई पर्दा प्रस्तुत हुने निर्माण पक्षले जानकारी दिएका छन् । फिल्मलाई सफल निर्माता केशब भट्टराई निर्माण गरेका हुन् । निर्माता भट्टराईका अनुसार फिल्मको कथाबस्तु राम्रो भएको हुनाले दर्शकहरुले मन पराई दिने बताउँछन् । हिन्दु महिलाहरुको चाड हरीतालीका तीजको अवसरमा रीलीज हुदै गरेको ‘ब्रासलेट’लेट दर्शकहरुको मन जित्ने निर्माता भट्टराईले बताएका छन् ।

vlcsnap-2016-08-23-12h06m32s808
‘ब्रासलेट’फिल्मलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । निर्देशक शर्माको ‘ब्रासलेट’दोस्रो निर्देशित फिल्म हो भने उनले पहिल्यै चकलेट फिल्म निर्देशन गरीसकेका छन् । निर्देशक शर्माका अनुसार फिल्मको पब्लिसिटि काठमाडौं केन्द्रीत मात्र रहेको हुनाले ‘ब्रासलेट’फिल्मको लागी भने पुर्व देखी पश्चीम सम्मनै अगाडी बढाईएको बताएका छन् । साथै पब्लिसिटिको क्रममा यसरी पुर्व देखि पश्चिम सम्मका विभिन्न ठाउँहरुमा जाँदा त्याहाँको दर्शहरुको प्रतिक्रीयाले निकै उत्साहीत रहेको बताए । फिल्मले दर्शकहरुलाई पुर्ण मनोरञ्जन दिने पनि उनले बताए ।

vlcsnap-2016-08-23-12h06m13s585
फिल्ममा गोबिन्द राईको नृत्य निर्देशन रहेको छ । त्यस्तै हिमाल केसीको द्धन्द निर्देशन छ । फिल्ममा समाबेश गरीको गीत संगीतले पनि दर्शकहरुले रुचाईरहेका छन्। सामाजीक सञ्जाल युट्युभमा ‘ब्रासलेट’फिल्मको गीत संगीतको भ्युयरहरुको प्रतिकृयाले पनि फिल्मका निर्माण पक्ष निकै उत्साहीत रहेका छन् । यसै ‘ब्रासलेट’फिल्म बाट अभिनेता रमेश उप्रेती पनि नेपाली फिल्म क्षेत्रमा कमब्याक गरेका छन् । पहिले गरेको अभिनय जस्तै दर्शकहरुले ‘ब्रासलेट’फिल्ममा गरेको अभिनयलाई पनि मनपराई दिनेमा उनि बिस्वस्त छन् । साथै दर्शकहरुले दिईरहेको पोजेटिभ रेसपोन्सले पनि अभिनेता उप्रेति निकै उत्साहीत रहेका छन् । अभिनेता उप्रेतिले फिल्मको बारेमा बोल्दै भदौको १७ गतेबाट हलमा लाग्दै गरेको ‘ब्रासलेट’हेरेर प्रतिकृया दिन पनि दर्शकहरुलाई आग्रह गरेका छन् ।

vlcsnap-2016-08-23-12h05m34s892
‘ब्रासलेट’फिल्ममा समाबेश गीत संगीतलाई तारा प्रकास लिम्बुले संगीत बद्ध गरेका छन् । फिल्मलाई बिपिन मल्लले सम्पादन गरेका हुन् । फिल्ममा अभिनेता रमेश उप्रेतिलाई नायिका रजनी केसीले साथ दिएकी छिन् । नायिका रजनी केसी आफुले फिल्ममा एक हिन्दु नारीको भुमिकामा अभिनय गरेको बताईन् । साथै फिल्मको स्क्रीप्टका साथै फिल्मको सफल निर्माता केशब भट्टराई र निर्देशक निर्मल शर्मा सँग काम गर्न पाउँदा निकै खुशी रहेकी बताईन् । फिल्मको गीत संगीतले राम्रो चर्चा पाउँदै गर्दा नायिका केसीले फिल्ममा समाबेश गीत पनि गाईन् ।

vlcsnap-2016-08-23-12h05m57s580

LIVE TV