७ भाद्र २०७३, मंगलवार

सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा जानुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधि आज स्वदेश फर्कदैहुनुहुन्छ । उच्चस्तरीय भेटवार्ता सकेर निधि अहिले केहीबेरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्दै हुनुहुन्छ ।

Bimalendra-Nidhi
हिजो नै स्वदेश फर्कने कार्यक्रम तय भए पनि निधिको भारत बसाई एक दिन लम्बिएको हो । भारतमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतका भारतीय उच्च नेताहरुसँग भेटघाट तथा द्धिपक्षीय भेटघाट गर्नुभयो । निधिले भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो । त्यस्तै, प्रधानमन्त्री मोदीसँगको भेटमा निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र हस्तान्तरण गर्नुभएको थियो । निधिको भ्रमणमा प्रधानन्त्री दाहालको भारत भ्रमणको समय तय भएको छ ।

LIVE TV