६ भाद्र २०७३, सोमबार

काठमाडौँ,  भदौ । विदेशीको ‘क्रेडिट कार्ड डिटेल’ चोरेर अनलाइन किनमेल गर्ने बागलुङ गलकोट–९ का तेजिन्द्र केसीलाई बुद्धनगरबाट प्रहरीले आज सार्वजनिक गरेको छ ।

गत जेठदेखि पटक पटक गरी हिमालयन बैंक लिबाट अनलाइन भुक्तानी सुविधा लिएका न्युरोटिक नेपाल प्रालि न्युरोड तथा जावलाखेल शाखाबाट जापानीका नाममा जारी क्रेडिट कार्डको नं प्रविष्ट गरी सामसुङ, हुवावे र लेनोभो ब्रान्डका महँगा मोबाइल अनलाइन खरिद गरी ठगी गरेका केसीलाई यही भदौ १ गते पक्राउ गरिएको थियो ।

केसीलाई जापानमा बस्ने नेपाली साथीले जापानीको क्रेडिट कार्डको क्रेडिट नं लगायत डिटेल भाइबर मार्फत पठाएको र सोही ‘क्रेडिट डिटेल’को प्रयोग गरी अनलाइन भुक्तानी गरी विभिन्न ब्रान्डको मोबाइल खरिद गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

केसीले जापान पठाइदिन्छु भनेर तथा विभिन्न प्रलोभनमा विभिन्न व्यक्तिबाट रकम ठगी गरेको समेत बुझिएकाले उनीबाट कोही ठगिएर पीडित भएको भए ब्युरोमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । रासस

LIVE TV