६ भाद्र २०७३, सोमबार

फिल्म लब लब लबको पोष्टर रीलिज गरीएको छ ।आइतबार साझ फिल्मको युनिटले एक कार्यक्रमको आयोजना संगै फिल्मको पोष्टर सार्बजनिक गरेका हुन ।निर्देशक दिपेन्द्रके खनालको लब लब लबमा उनले सामान्य बिषय बस्तु भित्रि रहेको ठुलो भाबनात्मक बिषयलाई पर्दामा प्रस्तुत गरीने बताए ।

love

 

सुरज पाण्डे र स्वस्तीमा खड्का मार्फत फिल्मको युनिटले बिषय बस्तुलाई प्रस्तुतीको तयारी गरेको छ ।फिल्ममा रमेश बुढाथोकी,रुपा राना,देश भक्त खनाल लगायत कलाकारलाई पनि प्रस्तुत गर्ने तयारी निर्माण पक्षको रहेको छ ।भदौ ९ बाट फ्लोरमा जाने तयारी रहेको फिल्मको अधिकाम्स लोकेसन पोखरामा हुने छ ।अमृत पाण्डे र शर्मीला पाण्डेको लगानी रहेको फिल्मले आगामी नयाँ बर्षमा रीलिजको टार्गेट गरेको छ ।दिपेन्द्र के खनालकै निर्देशन रहेको चपली हाइट २ अहीले प्रदर्शन भइरहेको छ ।

LIVE TV