५ भाद्र २०७३, आईतवार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका आफ्ना समकक्षी रिसेप तैयप एर्दोगानलाई समवेदना सन्देश पठाउनुभएको छ ।

दक्षिणी टर्कीमा आइतबार एक विवाह समारोहमा बम हमला गरी करिब ५० जनाको ज्यान लिएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले समवेदना व्यक्त गर्नुभएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो हमलाको निन्दा गर्नुभयो । उक्त हमला ठूलो मानव अपराध भएको भन्दै त्यसका दोषीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने धारणा पनि राख्नुभयो ।

दक्षिणी टर्कीको गाजिन्तेप प्रान्तमा विवाह सुरु भएपछि उक्त विवाह हलमा खचाखच जन्ती उपस्थित भएको स्थानमा सो हमला भएको थियो ।

उक्त हमलामा परी अरु कम्तीमा पनि ९४ जना नराम्ररी घाइते भएका छन् । उनीहरुको उपचार जारी रहेको छ ।
उक्त हत्याकाण्ड इस्लामिक स्टेट्सबाट गराइएको अनुमान गरिएको टर्कीका राष्ट्रपति एर्दोगानले आइतबार अपरान्ह बताउनुभएको थियो । रासस÷सिन्ह्वा

LIVE TV