५ भाद्र २०७३, आईतवार

बजार अनुगमन तीब्र छ । बजारलाई वेथितिबाट मुक्त गराउने प्रयास स्वरुप चालिएको कदमप्रति प्रधानमन्त्रीदेखि लिएर सरोकारवाला निकायको मात्र नभई आम उपभोक्ता एवं जनता चनाखो नजरले हेरिरहेका छन् । यही क्रममा आइतबार एकैपटक ११ टोलीले यातायात सेवासहित उपभोक्ताको बढी आकर्षण हुने क्षेत्रमा अनुगमन गरेको छ ।


राजधानीको विभिन्न ठाउँमा बजार अनुगमनमा गर्दा टोलीले बजारमा मनलाग्दीरुपमा उपभोक्तालाई ठगेको भेटेको छ । आइतवार आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका ११ टोलीले ४५ ठाँउमा अनुगमन गरेको छ । टोलीले अनुगमनको क्रममा कोटेश्वरमा ठूलो बस र माइक्रोबसले बढी भाडा लिएको पाइएको छ । यात्रुसंग तोकेको भन्दा बडी भाडा लिइएको पाइएको हुँदा बढी भाडा सम्बन्धित यात्रुलाई टोलीले तुरुन्त फिर्ता गर्न लगाएको थियो । बढी भाडा लिने र भाडाको सूची नटासेका बस तथा माइक्रोबसलाई पनि ट्राफिकबाट चिट काट्न लगाई ५ हजार जरिवाना समेत गरेको छ ।

यस्तै अनगुमन टोलीले बजारमा बिभिन्न सेवासंग आवद्ध पसल तथा व्यापारिक संस्थाहरुमा पनि अनुगमन गरेको छ । बजारमा मनपरि गर्नेहरु विरुद्ध चेतावनी र सुझाव दिदै त कतै कारवाही गर्दै हिडेको अनुगमन टोलीको अनुगमन थप प्रभावकारी बनाउने पर्ने प्रमाणहरु प्रशस्त भेटिएका छन ।

LIVE TV