५ भाद्र २०७३, आईतवार

सवैभन्दा सस्तो र सवै सामान एकै स्थानमा पाइने भन्दै प्रचार प्रसार गर्ने डिपार्टमेन्टल स्टोरहरुमै म्याद गुज्रिएका तथा खान अयोग्य सामाग्रीहरु बिक्री हुने गरेको पाइएको छ । धरानमा रहेको भाटभटेनि सुपर मार्केटमा म्याद गुज्रिएका तथा खान अयोग्य सामाग्रीहरु बिक्री हुने गरेको खुलासा भएको हो । धरानमा निकै चर्चित बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि अन्तर्गत रहेको डिपार्टमेन्टले भने आफ्नो गोदामनै नरहेको भन्दै अनुगमन टोलीलाई फर्कादिएको छ


जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाईमा जिल्ला अनुगमन समिति सुनसरीले गरेको अनुगमनका क्रममा अनियमितता पाइएपछि धरान १० को भाटभाटेनीको गोदाममा शिलबन्दी गरिएको छ । भाटभाटेनीले म्याद गुज्रिएका सामाग्री र म्याद नसकिएको सामाग्री एकै स्थानमा राखेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशाकीय अधिकृत केशव खतिवडाले गोदाममा ताला लगाउनुभएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, पशुसेवा कार्यालय, क्षेत्रीय कृषि विकास कार्यालय, नापतोल क्षेत्रीय कार्यालय विराटनगर, खाद्यान्न प्राविधि कार्यालय विराटनगर, धरान उपमहानगरपालिका कार्यालयको टोलीले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएको विस्कुट,पेय पदार्थ र कुहिएको फर्चुन आटाको पिठो समेत भेटिएकोले भाटभाटेनीमा तालाबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले जानकारी दिनुभयो ।
एउटै सामानमा फरक फरक मूल्य राखेर उपभोक्तालाई ठगि गरिरहेको आरोप लाग्दै आएको बराह डिपार्टमेन्टल स्टोरमा अनुगमनको लागी पुगेको टोलीलाई भने त्यहाँ रहेका कर्मचारीले आफ्नो गोदाम नै नरहेको भन्दै फर्काइदिएको थियो । तर वराहका धरान शाखाका प्रमुख प्रशासकिय अधिकृत गंगा कालिकोटेले भने धरान ६ स्थित आफ्नो डिपाटमेन्ट स्टोर नजिकै गोदाम रहेको वताएका छन् । तर अनुगमन गर्दा म्याद गुज्रिएका सामान भेटिने तथा मुल्य सुचि नभएका र एउटै सामनामा फरक फरक मुल्य लगायतका सामान भेटिने डरले टोलीलाई गोदाम नभएको भन्दै फर्काइएको बराहका एक कर्मचारीले जानकारी दिए ।
अनुगमनकै क्रममा गंगोत्री डेरीमा डिजिटल तराजु दर्ता बिना नै सञ्चालनमा ल्याइएकोले नापतौल क्षेत्रीय कार्यालयमा तीन दिनभित्र दर्ता गर्न विभागले निर्देशन दिएको छ । लक्ष्मी विस्कुट फ्याक्टी धरानमा समेत अनुगमनका क्रममा फ्याक्ट्री फोहोर भएको पाइएको थियो भने बदाम विस्कुट बनाउदा प्रयोग गरिने बदाम फ्लेबर दुई बर्ष अगाडि नै म्याद गुज्रिएको पाइएपछि अनुगमन टोलीले चेतावनीसहित फ्याक्टीलाई सफाइमा ध्यान दिन निर्देशन दिएको थियो ।

LIVE TV