५ भाद्र २०७३, आईतवार

नेपालगन्जको अत्यन्तै व्यस्त सडक धम्बोजीबाटै दिनडहादै एक व्यक्तिको ६ लाख रुपैंया रकम लुटपाट भएको छ । नेपालगन्जको सुर्खेतरोडमा रहेको सिटिजन बैंकबाट रकम निकालेर घर लैजाने क्रममा आज दिउँसो मध्यान्ह साढे बाह« बजेको समयमा रुकुम मुसिकोट ६ सेरीगाउँ घर भै हमल नेपालगन्ज धम्बोजीमा बस्दै आएका निर्णयजंग मल्लको ६ लाख रुपैया दिनडहादै लुटपाट भएको हो ।


मल्लले रातो व्यागमा राखेको पैसा बैंकबाट अगाडि पुग्ने वित्तिकै उनको शरिरमा चिलाउने बस्तु काउछो खन्याएर लुटेराले पैसा लुटेर लगेको पीडित शाहले बताएका छन् । ईण्डियन नं. प्लेटको मोटरसाईकलमा आएका व्यक्तिले झोलामा राखेको पैसा समातेर भागेका हुन् । निलो हाफ पाईन्टमा आएका ती व्यक्ति विपीचोक तिर भागेको पीडित मल्लले बताए । सिटिजन बैंकको क्यामरामा कैद गरिएको फुटेजमा हेर्दा लुटेरा मोटरसाईकल रोकेर कुरिरहेको अवस्थामा देखिन्छ । मल्लले ३ लाख रुपैया लक्ष्मी बैंकबाट निकालेका थिए भने सिटिजन्स बैंकबाट २ लाख ९० हजार निकालेका थिए । उनीसंग थप रहेको १० हजार नगद सहित ६ लाख रुपैया लुटेराले लुटेर लगेको मल्लको भनाइ छ । रकम लिएर फरार भएका व्यक्तिको खोजी कार्य भैरहेको बाँके प्रहरीले जनाएको छ । प्रहरीले सबै नाकाहरुका कडाइका सा चेकजाँज गरिरहेको जनाएको छ ।

LIVE TV