५ भाद्र २०७३, आईतवार

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनामा स्वदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ आजदेखि युवा उद्यमशीलता विकास तालिम सुरु भएको छ ।

रोजगार दिने उद्देश्यका साथ सुरु गरिएको सो तालिमअन्तर्गत पहिलो चरणमा घरेलु तथा साना उद्योग विकास समिति, उद्योग विभागका २२ कर्मचारीलाई तालिम दिइएको प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तालिमप्राप्त ती प्रशिक्षकबाट देशभरका १५ हजार युवालाई तालिम प्रदान गरिने भएको छ ।

उद्योग विभागका महानिर्देशक नारायणप्रसाद विडारीले स्वदेशमा रहेको शक्तिलाई विदेश पलायन हुनबाट रोक्न तालिमबाट सहयोग पुग्ने बताउनुभयो । घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण माध्यम औद्योगिक क्षेत्र भएकाले यसलाई बढावा दिन तालिमको आयोजना गरिएको बताउनुभयो । तालिम १४ दिनसम्म चल्नेछ । रासस

LIVE TV