५ भाद्र २०७३, आईतवार

 रसुवागढी र तातोपानी नाका बन्द हुदा चीनबीचको दुई देशीय व्यापार प्रभावितkarung-nakaकाठमाडौ।चीनसग जोडिएका नेपालका दुवै नाका ठप्प भएका छन् । टिमुरेमा गएको ठूलो पहिरोका कारण एक सातदेखी रसुवा नाका बन्द भएको छ भने भूकम्पपछि बन्द भएको तातोपानी नाका डेढ वर्षदेखि खुल्न सकेको छैन ।  दुवै नाका बन्द भएपछि नेपाल–चीनबीचको दुई देशीय व्यापार प्रभावित भएको छ ।

खासगरी चाडपर्व नजिकिँदै गर्दा रसुवा नाकासमेत बन्द भएपछि चीनसाग आयात–निर्यातको व्यापार गर्ने व्यवसायी चिन्तित छन् । तातोपानी नाका पुन: सञ्चालनमा ल्याउन लबिङ गरिरहेका व्यापारी रसुवा नाकासमेत अवरुद्ध हुदा अन्योलमा परेको नेपाल हिमालय सीमापार व्यापार संघका संस्थापक सदस्य जगत् श्रेष्ठले बताए । ‘अहिले चाडपर्वका लागि लत्ताकपडा, फलफूल तथा अन्य उपभोग्य वस्तु आयात गर्ने सिजन हो,’ उनले भने, ‘यही वेला नाकाहरू अवरुद्ध हुादा व्यवसायमा त असर पर्छ नै हाम्रा चाडपर्वसमेत प्रभावित हुन सक्छन् ।’

टिमुरेमा रहेको नेपाली सेनाको चेकपोस्टनजिकै ठूलो पहिरो गएकाले रसुवा–केरुङ नाका अवरुद्ध भएको रसुवागढी भन्सार प्रमुख केदार पनेरुले जानकारी दिए । पााच दिनअघि गएको पहिरो हटाउन अझै सुरु नभएको उनले बताए । ‘पहिरो साधारण डोजरले पन्छाउन नमिल्ने देखिन्छ, यसका लागि विस्फोट नै गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘हामीले नुवाकोट  सडक डिभिजनलाई जानकारी गराएका छौँ, तर अझै पहिरो हटाउने प्रयास भएको छैन ।’ अहिले रसुवागढीदेखि स्याफ्रुबेंसीसम्मको सडकमा धेरै पहिरो र अवरोध रहेको उनले जानकारी दिए ।

दैनिक ३ करोड राजस्व गुम्दै
अघिल्लो वर्ष १२ वैशाखको भूकम्पका कारण बन्द भएका रसुवाको रसुवागढी नाका झन्डै पााच महिनापछि कात्तिकदेखि सञ्चालनमा आयो । तातोपानी नाकासमेत बन्द भएका कारण रसुवागढी नाकामा व्यापारिक चहलपहल बढिरहेको छ । अहिले दैनिक ३ करोड रुपैयाासम्म राजस्व संकलन हुने गरेको भन्सार कार्यालय प्रमुख पनेरूले बताए । ‘पहिरोका कारण नाका ठप्प हुादा दैनिक ३ करोड राजस्व गुमाइरहेका छौँ,’ उनले भने, ‘सम्बन्धित निकायले समयमै ध्यान दिएर अवरुद्ध हटाउन आवश्यक छ ।’

चीनतर्फ आयात बढ्यो, निर्यात घट्यो
नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक चीनतर्फको आयात बढेको छ भने निर्यात घटेको छ । गत आर्थिक वर्ष ०७२/७३ को पहिलो ११ महिना (साउनदेखि जेठसम्म)मा चीनतर्फको निर्यात ३० दशमलव ६ प्रतिशतले घटेर १ अर्ब ६५ करोडमा झरेको छ । त्यस्तै, आयात भने ११ दशमलव ८ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब रुपैयाा पुगेको छ । नेपालको कुल वैदेशिक व्यापारमा चीनको हिस्सा १४ दशमलव १ प्रतिशत पुगेको छ ।

तातोपानी नाका अझै अन्योलमै
गत १२ वैशाखको भूकम्पका कारण बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आउनेमा झन् अन्योल बढेको छ । भूकम्पबाट क्षतिग्रस्त तातोपानी नाका तंग्रिँदै गरेको अवस्थामा गत असारमा आएको बाढीले झन् सिथिल भएको छ । यसबाट नाका सञ्चालनमा आउने सम्भावना झन् झन् कमजोर हुादै गएको सरोकारवाला बताउाछन् ।

‘तातोपानी नाका सञ्चालनमा ल्याउन चिनियाँ पक्षले नै रुचि नदिएको देखिन्छ,’ पनेरूले भने, ‘यही अवस्था रहे अझै २–३ वर्ष तातोपानी नाका बन्द हुने देखिन्छ ।’ यसअघि तातोपानी नाकाबाट व्यापार गर्दै आएका श्रेष्ठले तातोपानी नाका चाँडै खुल्ने आशा मरिसकेको बताए । ‘सरकारले जोडबल गरे खुल्थ्यो होला,’ उनले भने, ‘तर, तातोपानी नाका खोल्न कसैले पनि उल्लेखनीय चासो दिएको देखिएन ।’नयाँ पत्रिका दैनिकबाट साभार ।

LIVE TV