५ भाद्र २०७३, आईतवार

गायक शिब प्रशाद देबकोटाको गीती एल्बम ‘हौसला’ सार्वजनीक भएको छ । आयोजीत एक कार्यक्रममा तिम्ल्याहा डाक्टर छोराहरु सौरज देबकोटा,सौगात देबकोटा, र सौजन देबकोटाका पीता शिब प्रशाद देवकोटाको तीन वटा भिडियो सहीतको ‘हौसला’गीती एल्बम सार्बजनीक भएको हो । गायक देबकोटाको उक्त सार्वजनीक भिडियोमा आफ्नै तिम्ल्याहा डा.छोराहरुले अभिनय गरेका छन् । यो बिश्वकै पहिलो पटक तिम्ल्याहा डा.छोराहरुले एकै साथ अभिनय गरेको ईतिहास पनि बन्ने रहेको छ ।

vlcsnap-2016-08-21-11h35m54s117
उक्त सार्वजनीक एल्बमका सबै गीतहरुलाई गायक देबकोटाले नै स्वरबद्ध गरेका छन् । तेस्तै दुई गीतको शब्द पनि देबकोटाकै रहेको छ, भने डा.कृष्णा हरीबरालको एउटा गीत पनि समाबेश गरीएको छ । गायक देबकोटाले दुई वटा गीतमा आफैले संगीतबद्ध गरेका छन् भने अर्को एक गीतलाई संगीतकार महेश खड्काले संगीतबद्ध गरेका छन् ।
सार्वजनीक गरीएका गितहरुमा तिम्ल्याहा छोरा डाक्टरहरुका साथमा केकी अधिकारी,सम्पदा बानीयाँ र सुवास्ना आचार्यको अभिनय रहेको छ । गायक देबकोटाका तिम्ल्याहा डा.छोराहरुले छुट्टै गीती एल्बम निकाल्ने सोचमा पनि रहेका छन् । उनहरुले डाक्टरी पेशासँगै गायन र अभिनय लाई पनि अर्को रोजाईको क्षेत्र बनाउने तरखरमा रहेको बताउँछन् ।

vlcsnap-2016-08-21-11h36m15s139

LIVE TV