५ भाद्र २०७३, आईतवार

madesh-analdolan-660x330सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो ।

सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैया दिने निर्णय गरिसकेको छ । सरकारले कैलाली घटनामा मारिएका ११ प्रहरीलाई पनि सहिद घोषणा गरेको छ । मधेस आन्दोलन तथा सीमांकनको विषयमा भएका आन्दोलनका क्रममा मारिएका सर्वसाधारण ४१ र प्रहरी ११ गरी ५२ जनालाई सरकारले सहिद घोषणा गरेको हो ।

मोर्चाद्वारा सहिद घोषणा गर्न ६८ जनाको सूची

मधेसी मोर्चाले सहिद घोषणाको माग गर्दै सरकारसमक्ष यसअघि ६८ जनाको सूची बुझाएको थियो । मोर्चाले केही दिनअघि मात्रै गृहमन्त्री विमलेन्द्र निधिलाई ६८ जनाको सूची बुझाउादै उनीहरूलाई सहिद घोषणा गर्न माग गरेको थियो । तर, गृह मन्त्रालयले ५२ जनालाई मात्रै सहिद घोषणा गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको हो ।

आन्दोलनकारी को–को भए सहिद ?

  • राजेन्द्र (राजीव) राउत (सप्तरी)
  •  दुर्गेश यादव (भैरहवा)
  • राजकिशोर ठाकुर (रौतहट)
  • धर्मराज सिंह (वीरगञ्ज)
  • दीनानाथ साह (वीरगन्ज)
  • भोला साह (वीरगन्ज)
  • हिफाजत मियाा (बारा)
  • रामकृष्ण राउत (सप्तरी)
  • रोहन चौधरी (महोत्तरी)
  • रामविवेक यादव (महोत्तरी)
  • अमित कापर (महोत्तरी)
  • वीरेन्द्र बिच्छा (महोत्तरी),
  • रामशिला मण्डल (महोत्तरी)
  • गणेश चौधरी (महोत्तरी)
  • नितु यादव (जनकपुर)
  • सञ्जयकुमार चौधरी(जनकपुर)
  • दिलीप यादव (जनकपुर)
  • चन्दन पटेल (रुपन्देही)
  • रञ्जना क्षेत्री (रुपन्देही)
  • राजकुमार बरई (रुपन्देही)
  • बिन्दु भन्ने विनोद लाकोल (रुपन्देही)
  • नन्दनी पाण्डेय (रुपन्देही)
  • सौमती मुराव (रुपन्देही)
  • शत्रुधन पटेल (पर्सा)
  • वीरेन्द्र राम (सप्तरी)
  • नागेश्वर यादव (सप्तरी)
  • दिलीप साह (सप्तरी)
  • प्रमोद गुप्ता (बारा)
  • मो. मेहरुद्दिन (रौतहट)
  • शेष तवरेज आलम (रौतहट)
  • द्रोपदी धानुक चौधरी (रंगेली)
  • महादेव ऋषिदेव (रंगेली)
  • शिवु माझी (रंगेली)
  • राजाराम झा
  • यमबहादुर बिसी (सुर्खेत)
  • टीकाराम गौतम (सुर्खेत)
  • गोपालसिंह रजवार (सुर्खत)
  • हरि कुावर (जुम्ला)
  • टेकबहादुर सावद (कैलाली)
  • करण सिंह (बाके)
  •  जयप्रकाश शाह (बारा)

सुरक्षाकर्मी सहिद

  • एसएसपी लक्ष्मण न्यौपाने (कैलाली)
  • इन्स्पेक्टर बलराम विष्ट (कैलाली)
  • केशवराज बोहरा (कैलाली)
  • लोकेन्द्र चन्द (कैलाली)
  • रामबिहारी ठाकुर (कैलाली)
  • ललित साउद (कैलाली)
  • बमनबहादुर विक (महोत्तरी)
  • जनक नेगी (कैलाली)
  • काशीराम कामी (कैलाली)
  • देवबहादुर पाण्डे (कैलाली)
  • करण सिंह (बाके) रहेका छन् ।

भारतिय एक नागरिक समेत आन्दोलनको क्रममा मारिएका थिए तर उनलाई भने सरकारले शहिद घोषणा गरेको छैन्न् ।

LIVE TV