५ भाद्र २०७३, आईतवार

नेपाली कांग्रेसले स्थानीय निकाय पुनःसंरचनाको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन जिल्ला सभापति भेला बोलाएको छ । नयाँ संविधानको व्यवस्थाअनुसार स्थानीय निकाय पुनःसंरचना आयोगले गाविस संख्या घटाएपछि कांग्रेसले आज र भोलि जिल्ला सभापतिको धारणा बुझ्न लागेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले आज नयाँबानेश्वरस्थित एक पार्टी प्यालेसमा भेलाको उद्धघाटन गर्नुभयो । कांग्रेसले अनिवार्य उपस्थितिका लागि गरेको आग्रह अनुरुप पार्टी पदाधिकारी र केन्द्रीय सदस्य भेलामा सहभागी छन् । भेलामा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणका विषयमा छलफल हुने छ । वर्तमान राजनीतिका विविध सन्दर्भमा ७५ वटै जिल्लाका सभापतिको बृहत् छलफल तथा अन्तरक्रियाले एउटा निचोड निस्कने कांग्रेसको विश्वास छ ।

nepali-kanresh
पुनःसंरचना आयोगले हाल रहेका गाविस र नगरपालिको संख्या कटौती गर्दै जम्मा ५ सय ६५ मात्र बनाउने सिफारिस गरेको छ । कांग्रेस र एमालेले एकैपटक ठूलो मात्रामा गाविस संख्या घटाउन नहुने भन्दै मुलुकको भौगोलिक अवस्थालाई ख्याल गर्नुपर्ने जनाएका छन् ।

LIVE TV