५ भाद्र २०७३, आईतवार

बैतडी, भदौ । बैतडीको तल्लोस्वराडमा एक छ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ ।

ज्यान जानेमा उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दकी छोरी चञ्चला चन्द रहेको स्थानीयवासी वीरेन्द्र महताले राससलाई जानकारी दिनुभयो ।

chituwa

बालिकालाई शनिबार साँझ आँगनमा खेलिरहेका बेला एक्कासि आएको नरभंसी चितुवाले आक्रमण गरेको उहाँले बताउनुभयो ।

आक्रमणपछि बालिकालाई चितुवाले लगेको र खोजतलास गर्दा करिब राति १० बजे घरबाट करिब ४०० मिटर टाढा भिटा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा बालिका मृत भेटिएको महताले बताउनुभयो । बालिका स्थानीय गङ्गेश्वर प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् ।

प्रहरीको टोली घटनास्थल पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट अहिलेसम्म २० जनाभन्दा बढीको ज्यान गइसकेकोे छ । रासस

LIVE TV