४ भाद्र २०७३, शनिबार

काठमाडौं एउटा निर्माण सम्पन्न नहुने शहरकोरुपमा परिचय बनाउदैछ । काठमाडौंमा थालिएका सडक विस्तारदेखि शहरको आवश्यक पूर्वाधार निर्माणका काम निरन्तर जारी रहन्छ , त्यस्ले टुंगिने अवसर हम्मेसी पाउदैन । यस्तै छ काठमाडौं उपत्यकाका सडक विस्तार र विकासको पक्ष । विहान सुकिलो लुगा लगाएर काममा निस्केका काठमाडौंवासी साँझ घर फर्कदो मैलो लूगा मात्र नभएर रोगको भारी पनि बोकेर घर फर्कन बाध्य छन् । कारण हो निष्फिक्री उड्ने धुलो र धँुवा ।
राजधानी काठमाडौंको नियति नै यस्तै छ ।

जता हे¥यो धुलो र धुवाँ । साना ठूला सवारीदेखि सानोतिनो बेगको हावाले फैलाउने धुलोले काठमाडौं दिउँसो नै कुहिरीमण्डल जस्तै हुन्छ र बन्छ । न पैदलयात्रीलाई हिँड्न सजिलो बाटो, न निष्फिक्री गाडी कुदाउने मेसो । यो धुलोभित्रको अस्तव्यस्त सहरकै देन हो, बिहान घरबाट उत्साहित हुँदै हिँडेको मान्छे अफिस पुग्दासम्म धुलाम्य र थकित भइसक्छ, काम गर्ने जाँगर मरिसक्छ ।
यसको मारमा पैदलयात्रीलाई मात्र नभई गाडीमा हुँइकिनेदेखि मोटरसाइकलमा दौडिनेले पनि उत्तिकै सकस भोग्नु पर्छ ।
राजधानीको मुख्य सडक मानिने रिंगरोडको कुनै भाग पनि धुलोमुक्त छैनन् । पिच गरिएका सडकमा पनि छेउछाउको अव्यवस्थित सडकपेटी र पानी बग्ने बाहिरी ढलबाट धुलो उडिरहेका छन् । जसका कारण सडक छेउमा रहेका ब्यापारी र कार्यालय तथा घर परिवारहरु पनि हैरानमा छन् ।
काठमाडौंमा सडक विस्तारको काम सुरु भएको वर्षौ भइसक्यो । तर, सबैकाम कछुवा गतिमा काम भइरहेको छ । काम जति ढिला भएपनि जनता चुप छन् भने सरकारी निकाय र निर्माण कम्पनीहरु सडकलाई धुलोको उर्वर भूमिकोरुपमा राखिरहेका छन् । अधिकांश मुख्य सडकहरु धुलोको भारी नै बोकेर बसेका छन् । यो धुलो सर्वसाधारणको फोक्सोसम्म पुग्न रोक्ने कुनै उपयुक्त खोज्न सरकार र सरोकारवाला निकायलाई कुनै हतारो छैन पनि । यसले ल्याउने स्वास्थ्य समस्याले काठमाडौंलाई नै थप रोगी र बिरामी बनाउँदै लगेको छ । तै पनि चुप छन् काठमाडौंवासी, सहेर विवश बनेर धुलो पचाउन बाध्य छन् उनीहरु ।

LIVE TV