४ भाद्र २०७३, शनिबार

पूर्व सुचना विना नै हटाउन खोजेको भन्दै वानेश्वर फलफूल तथा तरकारी व्यवसायी नगरिक लगानी कोषविरुद्ध संघर्षमा उत्रेको छ । लगानी कोषले ऐजेन्ट र दलालहरुसँग मिलेर रोजीरोटी खोस्न खोजेको भन्दै उनीहरुले लगानी कोषविरुद्ध निर्मम संघर्षमा उत्रने चेतावनी दिएका छन् ।


अनौपचारिक सूचना पाएपश्चात केही दिनअघि व्यवसायीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौमा वैकल्पिक व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाउन पुगेका थिए । तर शनिवार अपरान्ह अकस्मात महानगरपालिकाले हट्न उर्दी जारी गरेको भन्दै उनीहरु संघर्षमा उत्रेका हुन् । केही ऐजेन्ट र दलालहरुको उक्साहटमा नागरिक लगानी कोषले व्यवसायीहरुको रोजीरोटी खोस्न उद्यत भएको भन्दै कोषविरुद्ध चर्का नारावाजी समेत गरेको थियो ।
नागरिक लगानी कोषको स्वामित्वमा रहेको ६ रोपनी जग्गामा उपत्यका फलफूल तथा तरकारी वजार वानेश्वर सञ्चालित छ । तर अकस्मात कोषले जग्गा खाली गर्न उर्दी जारी गरेलगत्तै व्यवसायीहरु आन्दोलित भएका हुन् । वैकल्पिक व्यवस्था गरिदिन उनीहरुको माग छ । जवर्जस्ती गरिए सशक्त आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।
नागरिक लगानी कोषको स्वामित्वमा रहेको उपत्यका फलफूल तथा तरकारी व्यापार वानेश्वरका व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । पूर्व सूचनाविना नै जग्गा खाली गर्न उर्दी जारी गरेको भन्दै उनीहरु आन्दोलित र आक्रोशित भएका छन् । व्यवसायीहरुले वैकल्पिक व्यवस्थाको माग गरेका छन् । जर्वजस्ती नगर्न चेतावनी दिदै उनीहरु जस्तोसुकै संघर्ष गर्न तयार भएका हुन् । त्यसो नहुँदा कुनै पनि हालतमा नछोड्ने एक व्यवसायीको दृढता छ । उनको यही अभिव्यक्ति आजको वाइट अफ द डेमा ।

LIVE TV