४ भाद्र २०७३, शनिबार

साता ४ दिन मात्रै शेयर कारोबार भयो । सातामो अन्तिम दिन बुधबार सार्वजनिक विदा भएका कारण शेयर कारोबार भएन । ४ दिनमा शेयर बजारमा ४ अर्ब ३९ करोड ८८ लाख ९४ हजार १ सय ५९ रुपैयाँ बराबरको पुँजी परिचालन भयो ।


साताको सुरुको दिनभन्दा सोमबार बढेको कारोबार मंगलबार र बुधबार क्रमशः घटेको छ । नेप्से परिसूचक पनि यो साता घटबढ भइरह्यो । अघिल्लो साताको अन्तिम दिन १७७४.८७ अंक भएको नेप्से परिसूचक यो साताको अन्तिम दिन १७३५.०६ अंकमा छ । यस आधारबाट हेर्दा, यो साता नेप्से ३९.८१ अंकले घटेको छ । साताको आइतबार ४०.९४ अंकले घटेको शेयर बजार सोमबार पनि ३९.१२ अंकले घट्यो । मंगलबार आएर बजारमा करेक्सन देखियो । बुधबार पनि १७.६१ अंकले बढ्दै नेप्से १७३५.०६ अंकमा कायम भयो । यसरी घटेको बजारलाई शेयर विश्लेषकहरुले नेप्सेले विश्राम लिएको संज्ञा दिएका छन् । नेपाल राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापुँजी पु¥याउनुपर्ने बाध्यकारी व्यवस्थामा बाँधिएका संस्थाहरुले बोनस र हकप्रद जारी गरिरहने, र बजारमा शेयर थपिएपछि बजार पनि बढ्ने भएकाले शेयर बजार घट्ने तत्काल कुनै सम्भावना नरहेको विश्लेषकहरुको तर्क छ । यो साताको धेरै कारोबार गर्नेको अग्रस्थानमा एनबी बैंक रहेको छ । जसको ३० करोडभन्दा माथिको शेयर कारोबार भएको छ । कारोबारको चारै दिन एनबी बैंक धेरै कारोबार गर्ने कम्पनीको अग्रस्थानमा रहेको थियो । त्यस्तै, लुम्बिनी जेनेरल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स लगायत छन् । साताको आइतबार जम्मा ११ वटा कम्पनीका लगानीकर्ताले कमाए भने सोमबार १९ वटा कम्पनीका लगानीकर्ताले मात्रै कमाए । मंगलबार र बुधबार भने बजार बढेसँगै कमाउने कमपनीहरुको संख्या पनि बढ्यो । साताभरको तथ्यांक अनुसार, हाम्रो विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, गुह्येश्वरी मर्चेन्ट एण्ड फाइनान्स लगायतmे धेरै कमाएका छन् । गुमाउनेमा लक्ष्मी भ्यालू फण्ड १, हामा मर्चेन्ट एण्ड फाइनान्स, रिलायन्स लोटस फाइनान्स र मनास्लु विकास बैंक, बरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर लगायत छन् ।

LIVE TV