४ भाद्र २०७३, शनिबार

सरकारसँग भएका सम्झौता कार्यान्वयनमा दवाव दिन डा. गोविन्द केसीसहित उहाँका समर्थकले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरुले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् ।


अनशनमा रहेका बेला तत्कालीन सरकारसँग भएका आफ्ना सम्झौता र संसदमा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने लगायतका माग सम्बोधन नभएको उनीहरुको गुनासो छ । उहाँले शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, पाँच वर्षभित्र सरकारी शिक्षण संस्थामा मेडिकल स्नातकोत्तरमा ७५ प्रतिशत निःशुल्क हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायतका माग राख्दै आउनुभएको छ ।
डा. केसीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर ६ बुँदे माग पत्र बुझाउनुभएको थियो । केपी ओली नेतृत्वको सरकारसँग भएको चार बुँदे सहमति कार्यान्वयन नभएकोमा उहाँको आपत्ति छ ।

LIVE TV