४ भाद्र २०७३, शनिबार

asda

 

हाम्रो फिल्म ईन्डष्ट्रिमा फिल्मका केही निर्माताहरुले आफ्नो फिल्ममा नव कलाकारहरुलाई प्राथमिकतामा राख्दै आईरहेका छन् । जस्, मध्ये निर्माता अर्जुन कुमारले पनि आफ्नो प्रदर्शनरत फिल्म चपली हाईट २मा नवकलाकारहरुलाई नै प्राथमीकतामा राखेका छन् । त्यसोत, पहिलो फिल्म चपली हाईट मा पनि नवकलाकारहरुलाई नै फिल्म ईन्डष्ट्रिमा ईन्ट्री गराएका थिए । चपली हाईट फिल्मले दर्शकहरुको ध्यान खिच्न सफल हुनुका साथै कलाकारहरु पनि चर्चामा नै आउन सफल भएका थिए ।
त्यस्तै सोही फिल्मको दोस्रो सिक्वेल फिल्ममा पनि दुई जना नवकलाकारहरुलाई ईन्ट्री गराएका छन् । जस्मा फिल्मको लीड कलाकारहरु आयुषमान जोशी र परमीता राणा रहेका छन् । बिहीबार रीलीजमा आएको चपली हाईट २ फिल्मले दर्शकहरुलाई आकर्षण पनि गरीरहेको छ । नायिका परमीताले आफुले फिल्ममा काम गर्न पाउँदा निकै खुशी भएकी बताउँछिन् । साथै आफुले अभिनय गरेकी फिल्मले दर्शकहरुको साथ पाईरहँदा उत्साहीत हुनुका साथै फिल्मको सुटिङको दौरानमा पनि रमाईलो भएको बताइन् ।
vlcsnap-2016-08-20-12h27m51s790
साथै चपली हाईट २ फिल्ममा लीड कलाकारकै रुपमा मरीष्का पोखरेल पनि रहेकी छिन् । नायिका पोखरेलको चपली हाईट २ दोस्रो फिल्मका रहेको छ । चपली हाईट २ भन्दा पहिले नायिका पोखरेलले निर्देशक आकाश अधिकारीको फिल्म के म तिम्रो होईन र बाट फिल्म ईन्डट्रिमा करीयर सुरु गरेकी थिईन् । नायिका पोखरेलले आफुले पहिलो फिल्ममा भएको कमी कमजोरीलाई चपली हाईट २मा सुधार गरेकी बताउँछिन् ।
vlcsnap-2016-08-20-12h30m40s528
प्रदर्शनरत फिल्म चपली हाईट २ फिल्मलाई अर्जुन कुमारको निर्माणमा दिपेन्द्र के खानलले निर्देशन गरेका हुन् । फिल्मले सामाजीक कथाबस्तुका साथै युवापुस्ताको लभस्टोरीलाई पर्दामा देखाएको छ । अर्जुन कुमार र दिपेन्द्र के खनालको चपली हाईट २ फिल्मले यी नव कलाकारहरुको न्याय कतिको गर्ने हुन त्यो चाँही पछि नै थाहा हुनेछ । पहिलो फिल्म चपली हाईटको कलाकारहरुलाई एकै पटकमा हाईटमा पुर्याएको थियो । जस्मा बीनीता बराल रहेकी छिन् ।

LIVE TV