४ भाद्र २०७३, शनिबार

 

– सबिना केसी

12512239_1026655550742397_9091859825673886130_n

देखिने घर शरीर मन्दिर हो मन
ताजा बिचार अनी ज्ञान हो असली मन

पाप र पुण्य मनमा छ अज्ञान धनीले
शक्ति नाश हुँदै छ दिनदिन मै हुँ भन्नाले

 

मेरो भन्ने शरीरले त्यागि दिन्छ मलाइ

यदि मनमा कुविचार छ भने त्यसमै जलाई

 

मनको आगोले जति पोल्छ देख्दैन पोल्ने आगोले
सत्मार्ग तर्फ़ लाग्न दिन्छ साथ् सदा भाग्यले

 

शिब छ घर रहन्छ, नत्र शब् हुन्छ

यो त क्रमनै हो जसले हृदयलाइ छुन्छ

सक्दैन बन्न आफ्नै इच्छाले कोहि केहि
सकिन्छ त मात्र बन्न सत्यवादी
त्यागि मोह, क्रोध, अज्ञानता आदि इत्यादि !

LIVE TV