३ भाद्र २०७३, शुक्रबार

सरकारले विशेषज्ञ सेवा दिने र शल्यक्रिया गरिने अस्पतालहरुमा पाँच देखि १० प्रतिशतसम्म आइसीयू ( क्रिटिकल केयर युनिट) का लागि व्यवस्था हुनुपर्ने नियम बनाएको छ । तर राजधानीमा सञ्चालनमा रहेका अधिकांश सरकारी केन्द्रीय अस्पतालमा त्यस्तो मापदण्ड नभएको पाइएको छ ।


कान्तिबाल अस्पतालमा आउने बिरामीको गुनासो नै आइसीयु नभएको भन्दै अन्यन्त्र रिफर गरिन्छ भन्ने हुन्छ । अस्पताल प्रसासनले भने आइसीयुको संख्या थोरै भएकोले रिफर गर्नु परेको बताउदै आएको छ ।
त्यसो त कान्ति अस्पतालले आइसीयु बानाउने कार्य भैरहेको र  अब को केहि महिनामा नै ५२ बेडको आइसीयु संचालनमा आउने  अस्पतालले जनाएको छ । सरकारको केन्द्रीय अस्पताल टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा एउटा पनि आइसियूको बेड छैन् । वीर अस्पतालमा कुल ४६० कुल बेड मा १८ आइसीयु छन् त्यस्तै कान्ति बाल अस्पतालमा ३५० कुल बेड मा १८ आइसीयुको व्यवस्था छ । त्यस्तै त्रिवि शिक्षण अस्पतालमा ६३६ बेड मा ११ आइसीयु प्रसुति गृहमा ३६० कुल बेड मा ११ आइसीयु रहेका छन् । पाटन अस्पताल मा ४५० बेड छन् भने आइसीयु सबै भन्दा धेरै २५ आइसीयु छन् । देशका केन्द्रीय अस्पतालमै  आइसियू कक्ष पर्याप्त नहुँदा जटिल अवस्थाका विरामीहरु निजी अस्पतालमा महंगो शुल्कमा उपचार गर्न बाध्यछन् ।  यसरि हेर्दा स्वास्थ्य संस्था स्थापना, सञ्चालन मापदण्ड सम्वन्धी निर्देशिका २०७०ले कुनै पनि अस्पताल सञ्चालन गर्न कुल बेडको ५ देखि १० प्रतिशत बेड आइसियूको हुनुपर्ने उल्लेख छ । तर केन्द्रीय अस्पतालहरुमै सो  मापदण्ड लागू भएको छैन् ।

LIVE TV