३ भाद्र २०७३, शुक्रबार

दलित परिवारमा जन्मेकी एक दृष्टिविहिनको बिचल्ली परेको छ । म्याग्दीको झिं गाविस ८ की धनमाया विकलाई परिवारले तिरस्कार गरेपछि उनको बिचल्ली भएको हो । दृष्टिविहिन धनमायालाई  परिवारले घरबाट निकाला गरेपछि पश्चिम म्याग्दीको बावियाचौरमा एक ब्यक्तिले अस्थायी रुपमा बस्ने ब्यवस्था मिलाएका छन् । दुईबर्षको उमेरमै आमा गुमाएकी धनमायालाई बुवा र अर्की आमाले असहयोग र मानसिक यातना दिदै घर निकाला गरेका हुन् ।


पिप्ले गाविसमा अवस्थित ज्ञानोदय माविको दृष्टिविहिन श्रोतकक्षाबाट एसएलसी दिएकी विक पढाईमा अब्वल रहेपनि पारिवारिक सहयोगको अभावमा आवश्यक शैक्षिक साम्रागी सहित दैनिक गुजारा चलाउन समेत मुस्किल भइरहेको छ । दृष्टिविहिनले प्रयोग गर्ने ब्रेललिपीको समेत अभाव भएकै कारण औपचारिक रुपमा किताव लिएर क्याम्पसमा जाने गरेकी छिन् ।
बे्रललिपीमा लिपिबद्ध भएका पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रम सहयोग गर्न समेत उनको अनुरोध छ । आँखा नजिक लगेर पढ्नुपर्छ, अस्पष्ट हुदाँ अपेक्षा गरेजस्तो नजिता आउने नसकेको विकको भनाई छ । आर्थिक ब्यवस्थापन गर्न नसक्दा शिक्षकले भनेको र साथीहरूको सहयोगमा धनमायाले पढ्ने गरेको मंगला उच्च माविका प्राचार्य  गमबहादु्र खत्रीले बताउनुभयो ।
विद्यालयले सामान्य सहयोग गरेपनि धनमायालाई पढाई र बस्ने ब्यवस्थाका लागि आर्थिक सहयोगको आवश्यकता रहेको प्राचार्य खत्रीले बताउनुभयो । झिँ गाविसबाट धनमायाले पाउनु पर्ने दलित र अपाङ भत्ता पनि उनका बुवा डम्बरबहादुर विकले लिने गरेका छन् । अहिले धनमायालाई म्याग्दी बावियाचौरकी जुना किसानले साहरा दिएकी छिन् । मामा घरमा बस्न आएकी धनमाँयालाई घर बाहिर सुताउने, खाना समेत राम्रो संग खान नदिने र रातीको १२ बजे घरबाट बाहिर निकालेको देखेपछि आफुले साहरा दिएको जुना किसानको भनाई छ ।
नयाँ संविधानमा अपाङ्ता भएकालाई सुविधा सहित प्रोत्साहन गर्ने प्रयास गरिएपनि धनमायाको अवस्थाले भयानक अवस्था रहेको प्रष्ट हुन्छ । आर्थिक अवस्था कमजोर र दलित समुदायका बालबालिकालाई आधारभुत आवश्यकताको अभाव तड्कारो रुपमा देखिन्छ ।

LIVE TV