३ भाद्र २०७३, शुक्रबार

नेपाली काँग्रेस बाँकेको बैठकले राज्य पुनःसंरचना आयोगले बाँकेका लागि तय गरेको छ गाँउपालिकाको सङ्ख्या बढाएर कम्तीमा आठदेखि १० सम्म पु¥याउनुपर्ने माग गरेको छ ।

आज बसेको बैठकले प्रत्येक गाँउ पालिकाको जनसङ्ख्या २५ देखि ३० हजार हुनुपर्ने, आर्थिक, सामाजिक, साँस्कृतिक, भूगोल एवम् प्राकृतिक स्रोत, साधनको बाँडफाँडका आधारमा गाँउपालिकाको सीमाङ्कन हुनुपर्ने र गाँउपालिकाको कार्यालय जनताको सहज पहुँच हुन सक्ने स्थानमा खोल्नुपर्ने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष किरण कोइरालाले जानकारी दिनुभयो । रासस

LIVE TV