३ भाद्र २०७३, शुक्रबार

अभिनेत्री तथा निर्मात्री उमा बेबिले आफ्नै छोरी सीवानीलाई लिएर फिल्म निर्माण गर्दैछिन् । आयोजीत एक पत्रकार सम्मेलन निर्मात्री तथा अभिनेत्री उमा बेबिले आफ्नो अनटाईटल प्रोजेक्टमा छोरी सीवानी गीरीलाई डेब्यु गराउँदै गरेकी औपचारीक जानकारी गराईन् । साथै उक्त फिल्मको लागी नायकको लागी नवकलाकारको खोजी भइरहेको जानकारी पनि गराएका छन् । त्यस्तै अभिनय गर्न सक्ने र ईच्छुक नव कलाकारहरुले सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

vlcsnap-2016-08-19-14h36m02s148
उमा बेबिको यस अनटाईटल प्रोजेक्टलाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गर्दै छन् । फिल्मका निर्माण पक्षले उक्त अटाईटल प्रोजेक्टको अहिले प्रि–प्रोडक्शनको काम सँगै स्क्रीपटको काम भईरहेको जानकारी गराए । फिल्मका निर्देशक श्रेष्ठका अनुसार फिल्ममा सामाजीक कथा बस्तुका साथै अहिलेको युवापुस्ताको लभस्टोरीलाई पर्दामा प्रस्तुत गरीने बताएका छन् । त्यस्तै निर्देशक श्रेष्ठले आफुले नयाँ कलाकारहरु सँग काम गर्न निकै उत्साहीत रहेको बताए । फिल्मको बारेमा बोल्दै निर्देशक श्रेष्ठले आफुले महिलाको भावना सँग मेल खाने फिल्म बनाउँदै आएको हुनाले महिला निर्माताहरुको रोजाईमा परेको पनि बताउँछन् ।

vlcsnap-2016-08-19-14h38m12s263
उमा बेबीको उक्त फिल्ममा पाका कलाकार,निर्माता तथा निर्देशक भुवन केसीको पनि अभिनय रहने भएको छ । अभिनेता केसीले निर्देशक सबिर श्रेष्ठको निर्देशनमा काम गर्न पाउँदा खुशि रहेको बताए । त्यस्तै फिल्मको कथा राम्रो रहेको हुनाले आफुले उक्त फिल्ममा काम गर्न ईच्छुक रहेको बताउँछन् ।

vlcsnap-2016-08-19-14h37m22s188
उमा बेबी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको अनटाईटल प्रोजेक्टमा भुवन केसी,उमा बेबी, दिलीप राय माझी,सीवानी गीरी,नम्रता योगी लगाएतका कलाकारहरु फाईनल भईसकेका छन् । भने, फिल्मका नायक नवकलाकारको खोजी भईरहेको छ । फिल्ममा कमल राई र गोबिन्द राईको नृत्य निर्देशन रहनेछ । यसै अनटाईटल फिल्मबाट नेपाली सिने जगतमा करीयर सुरु गर्दै गरेकी सीवानी गीरीले आफ्नै आमाको फिल्ममा काम गर्न पाउँदा निकै उत्साहीत रहेकी बताईन् । आफुले मिस भारतको फष्ट रनर अप भएपछि २ वटा बलिउड फिल्महरुमा अफर आए पनि आफु नेपाली भएपछि बोल्ड सिन दिएर काम गर्न नसक्ने बताउँदै उक्त फिल्महरुलाई रिजेक्ट गरेकी बताईन् । साथै, सानै देखि फिल्म क्षेत्रमा आफ्नो रुचि रहेकोले नेपाली फिल्म क्षेत्रमानै सक्रिय हुने बताईन् ।

vlcsnap-2016-08-19-14h40m23s554
निर्मात्री तथा अभिनेत्री उमा बेबी आफैले यो भन्दा पहिले ईसारा,शीशा जस्ता फिल्महरु निर्माण गरीसकेकी छिन् । आफ्नो फिल्ममा आफ्नै छोरी सीवानीलाई डेब्यु गराउँदै गरेकी उमाले सीवानीको अभिनयलाई प्राथमीकतामा राख्ने बताईन् । साथै उनि अभिनय बाटनै चिनीन सफल भएकी हुनाले निर्मात्री भन्दा पनि अभिनेत्री नै भन्न रुचाउँछिन् ।

vlcsnap-2016-08-19-14h38m44s654

vlcsnap-2016-08-19-14h36m25s907

LIVE TV