२ भाद्र २०७३, बिहीबार

नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वी चन्द्र अस्पतालको शैया क्षमता २५ बाट बढाएर ५१ शैया बनाउने कामको थालनी भएको छ । अस्पताल विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सर्भे कार्य पनि पूरा गरेको छ ।


हाल २५ शैयामा सन्चालन भईरहेको जिल्ला अस्पताललाई स्तरोन्नति गरि ५१ शैयाको बनाउनका लागि सरकारी स्तरबाट आवश्यक काम तीब्र गतिमा अगाडि बढाईएको अस्पताल बिकास समितिकी अध्यक्ष लक्ष्मी क्षेत्रीले बताउनुभयो । अस्पतालको क्षमता बिस्तार गरी ५१ शैया बनाउन आवश्यक प्रकृयाका लागि स्वास्थ्य मन्त्रालय उपसचिव बाबुराम खनालले टोली जिल्ला अस्पतालमा पुगी आवश्यक सर्भे गरेको थियो । सर्भेका लागि आएको मन्त्रालयको टोलीका प्रमुख स्वास्थ्य मन्त्रालयका उपसचिव खनालका अनुसार अस्पताललाई स्तोरन्नति गर्न आवश्यक देखिएको छ । टोलीले जिल्लाको सरोकारवालाहरुसँग छलफल समेत गरेको थियो । स्तरोन्नति गरि व्यवस्थापनका लागि भौतिक पूर्वाधार पनि पर्याप्त देखिएकाले अब सरकारले सो जिल्ला अस्पतालाई ५१ शैयाको औपचारिक मान्यता दिने टोलीले जनाएको छ ।
सो क्रममा सरोकारवालाहरुले सामान्य अवस्थाका विरामीलाई पनि बुटवल वा भरतपुर लैजानु पर्ने समस्या रहेको भन्दै महिला, बालबालिका, हाडजोर्नी लगायतका विशेषज्ञ डाक्टरहरुको व्यवस्था गरिदिन पनि माग राखेका छन् ।

LIVE TV