२ भाद्र २०७३, बिहीबार

भक्तपुरको जगाती प्रहरी चौकीले सिट क्षमता भन्दा बढि यात्रु बोकेको लामो दुरीमा चल्ने बसलाई कारवाही शुरु गरेको छ । देशको बिभिन्न ठाऊमा सिट क्षमता भन्दा बढि यात्रु बोकेको यात्रुवाहक बस दुर्घट्ना हुनेक्रम बढेलगतै यातायाता व्यवसायीसँगको समन्वयमा प्रहरीले कारवाही शुरु गरेको हो ।

download (2)
काठमाण्डौका बिभिन्न स्थानबाट काभ्रे र सिन्धुपाल्चोक लगायतका पूर्वी जिल्लामा जाने र ती जिल्लाबाट बढि यात्रु बोकेर आएका गाडीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच गरि कारवाही गरेको हो । ट्राफिक प्रहरीले सिट क्षमता भन्दा बढि यात्रु बाकेको भन्दै २० वटा भन्दा बढी गाडिहरुलाई नियन्त्रमा लिएर बढी भएका यात्रुहरुलाई अन्य गाडीमा राखेर गन्तव्यतिर पठाएको जनाएको छ । कारवाहीमा परेका गाडी चालकहरुले भने यो बिषयमा समितिवाट कुनै जानकारी नै नआएको बताएका छन ।
तर गाडी चालकहरुले ट्राफिक प्रहरीको अगाडि यात्रु ओराल्ने गरेको र केहि पर पुगेपछि फेरि गाडीमा यात्रु चढाएर लैजाने गरेको यात्रुहरु बताउँछन् । प्रहरीले सिट क्षमता भन्द बढी यात्रु बोकेर बनेपा धुलिखेल सम्म जाने गाडीलाई सम्झाई बुझनई पठाएको र लामो दुरीका गाडीहरुलाई कारवाही गरेर कागज पत्र नियन्त्रमा लिएर यातायात विभाग पठाएको जानाएको छ । त्यस्तै पुराना गाडीहरु ,कागपत्र नभएका, सिट क्षमता भन्दा बढि यात्रु बोक्ने गाडीहरुलाई समेत कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

LIVE TV