२ भाद्र २०७३, बिहीबार

संवैधानिक नियुक्ति र अन्य क्षेत्रमा भागबन्डालाई निषेध गरी मतदाताले अत्यधिक रुचाएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने लगायत १४ बुँदे माग राख्दै यहाँ शुक्रबारदेखि सत्याग्रह सुरु हुने भएको छ ।

जागरुक नागरिक समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा माइतीघर मण्डलमा हुने सत्याग्रहमा बद्रीप्रसाद खतिवडा, कृष्णनाथ घिमिरे, चित्रबहादुर पुन र मुकुन्द ढकाल सहभागी हुने जनाइएको छ ।

दिगो सरकारले मात्र शान्ति र समृद्धि दिन सक्ने भएको हुँदा त्यसका लागि नेपालीको मतदानबाट प्रत्यक्ष प्रधामन्त्रीको निर्वाचन गर्नुपर्ने, वातावरण विनाशले सिङ्गो मुलुकमा ठूलो नोक्सान हुने हुँदा रोक्नका लागि सरकारले विशेष पहल गर्नुपर्ने, कोसी, गण्डकी र कर्णाली जलाधार क्षेत्र समेटिएको तीन प्रदेश मात्र कायम हुनुपर्ने लगायत माग समाजको छ । रासस

LIVE TV