२ भाद्र २०७३, बिहीबार

धनगढी,  भदौ । संयुक्त बजार अनुगमन समिति कैलालीले आज धनगढी र अत्तरिया बजारका विभिन्न पसलको अनुगमन गरी फेला परेका अखाद्य वस्तु नष्ट गरेको छ ।

संयुक्त बजार अनुगमनका क्रममा फेला परेका उपभोग्य मिति समाप्त भएका बेसार, खुर्सानी चाउमिन, नमकिन, बिस्कुटलगायतका म्याद गुज्रेका अखाद्य वस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजारमा उपभोग्य मिति समाप्त भएका अखाद्य वस्तु बिक्री गर्ने प्रवृत्ति बढिरहेकाले नियमित रुपमा अनुगमन गर्नुपर्ने माग स्थानीय उपभोक्ताको छ । संयुक्त बजार अनुगमन समितिले चाड पर्वलाई लक्ष्य गरेर मात्र बजार अनुगमन गर्ने गरेको छ । रासस

LIVE TV