१ भाद्र २०७३, बुधबार

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त १०।०५ मेगावाट क्षमताको सुनकोसी जलविद्युत् केन्द्रबाट आजदेखि सीमितरुपमा विद्युत् उत्पादन सुरु भएको छ ।

बाढीले पुरिएको बाँधलाई सफा गरी नहरमा पानी पठाउँदा हाललाई २।५ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिएको नेपाल विद्युत प्राधीकरण सुनकोसी केन्द्र उत्पादन शाखाका इन्जिनियर प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

गत असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले बाँधलाई क्षति पु¥याएपछि उत्पादन हँुदै आएको ७ मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । दुइ वर्षअघि आएको जुरे पहिरोले ठूलो क्षति पु¥याएपछि बर्खा याममा पनि पूर्ण क्षमतामा आयोजना सञ्चालन हुन सकेको थिएन ।

जुरे पहिरो र हालैको बाढीले बाँधस्थलमा ठूल्ठूला ढुङ्गा थुप्रिएको र त्यसलाई निकाल्न नसक्दा हाल कमै मात्र विद्युत् उत्पादन गर्न सकिएको सुनकोसी केन्द्रले जनाएको छ ।

भूकम्प र हालैको बाढीले सो केन्द्रमा करिब ५० करोड मूल्य बराबरको भौतिक सम्पत्तिसमेत क्षति भएको छ । त्यसैगरी भूकम्प र बाढीका कारण भोटेकोसी कोरिडोरमा रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना, ३।१ मेगावाटको भैरबकुण्ड र बलेफी कोरिडोरमा रहेको ४।२ मेगावाटको बरम्ची जलविद्युत् आयोजना पूर्णरुपमा बन्द भएका छन् । रासस

LIVE TV