१ भाद्र २०७३, बुधबार

जनैपूर्णिमाको समयमा अधिकांशको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । स्वास्थ्यको दृष्टिले पनि क्वाटी राम्रो छ तर क्वाँटीमा प्रोटिनको मात्रा उच्च हुन्छ, एकैपटक अधिक प्रोटिन खानाले मृगौलाले त्यसको भार थेग्न नसकी विभिन्न रोग निम्त्याउने गर्छ । मृगौला रोगी र अन्य स्वस्थ्य ब्यक्तिले पनि एकैचोटी धेरै प्रोटिन खानु नहुने र सचेत हुन चिकित्सकहरुको सुझाब छ ।


परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ जस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् । टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार क्वाटी स्वास्थ्यको लागि फाइदा जनक भएपनि क्वाँटीमा प्रोटिनको मात्रा उच्च हुन्छ, जसले गर्दा शरीरमा युरिक एसिड बढ्ने सम्भावना रहन्छ । त्यसैगरी, एकैपटक अधिक प्रोटिन खानाले मृगौलाले त्यसको भार थेग्न नसकी विभिन्न रोग निम्त्याउने गर्छ । मासु र क्वाटी संगै खाँदा उच्च प्रोटिनको मात्रा हुने भयकाले स्वास्थ्य मा प्रतिकुल असर पर्न सक्ने र किड्नी रोगीहरुले क्वाटी कम खान डाइटिसियन नानिमाया शाक्यको सुझाब छ ।
शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । बढी प्रोटिन एकैचोटी खानु स्वास्थ मानिसको लागि पनि फाइडाजनक हुँदैन त्यसैले चाडपर्बमा यस्ता खानेकुरा खन्दा बिचार पुर्याउन चिकित्सकहरुको सुझाब छ ।

LIVE TV