१ भाद्र २०७३, बुधबार

नेकपा एमालेले आगामी मंसिर महिनामै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको बुधवार बसेको बैठकले सरकारलाई दबाव दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको हो ।


पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले आगामी मंसीरमा स्थानीय निकायको, वैशाखमा प्रादेशिक र अर्को मंसिरमा केन्द्रीय चुनाव गराउने निर्णय बमोजिम नै निर्वाचन हुनुपर्ने बताएको छ । पार्टी कार्यालयमा बसेको बैठकले कांग्रेस–माओवादी गठवन्धनको नयाँ सरकारले चैतमामात्रै स्थानीय निर्वाचन गराउने तयारी गरिएकोप्रति असन्तुष्टी जनाउँदै मंसिरमै निर्वाचन गराउनुपर्ने बताएको हो ।
मंसिरमा चुनाव नगर्ने सरकारको तयारीलाई संविधान कार्यान्वयन नगर्ने षडयन्त्र भन्दै एमाले बैठकले एमाले सरकारको योजना कार्यान्वयन गर्न दबाव दिने निर्णय पनि गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

LIVE TV