१ भाद्र २०७३, बुधबार

चितवनमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा विचौलियाका रुपमा काम गर्ने दुई जनाविरुद्ध सार्वजनिक मुद्दा चलाईएको छ । अस्पतालमा उपचार गर्न आएका विरामीलाई डाक्टर भेटाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

अस्पताल नजिक गेष्ट हाउस सञ्चालन गर्ने ती दुई जनालाई रगें हात पक्राउ गरि थप अनुसन्धान पछि सार्वजनिक मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिनुभयो । यसरी मुद्दा चलाईएकामा क्यान्सर अस्पताल नजिकको  तनहुँ बन्दीपुर गेष्ट हाउसका प्रतिनिधि बासुदेव अधिकारी र बाँके बर्दिया गेष्ट हाउसका प्रभात शर्मा रहेको कुवँरले बताउँनुभयो । २ दिन अगाडि पक्राउ गरिएका उनीहरुलाई बुधवार मुद्दा दायर गरेपछि सार्वजनिक गरिएको प्रहरी प्रमुख कँुवरले  जानकारी दिनुभयो ।

उनीहरुले बिरामीहरुलाई डाक्टरहरुसँग भेटाउने, औषधी उपचारमा सहयोग गर्ने र छुटका लागि विभिन्न प्रलोभन देखाउँने गरेको स्वीकार गरेको कुँवरले जानकारी दिनुभयो ।

यसअघि मात्रै चितवन प्रहरी र अस्पताल प्रशासनको सहयोगमा ५ कर्मचारी सहित २० जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएकोमा सबै धरौटी राखी छुटेका थिए । चितवनमा प्रहरीले विचौलीया नियन्त्रयण अभियान तीव्रताका साथ सञ्चालन गरिरहेको छ ।

LIVE TV