१ भाद्र २०७३, बुधबार

busparkकाठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने र काठमाडौंबाट बाहिरिने अधिकाश सवारी साधनले तोकेभन्दा बढी भाडा यात्रुसँग असुल्ने गरेका छन् । सरकारले मंगलबारबाट सुरु गरेको विशेष अनुगमन टोलीले अनुगमन गर्दा अधिकाश सबारी साधनले तोकिएको भन्दा बढी भाडा असुलेको भेटिएको थियो ।

चाडपर्वको मुखैमा काठमाडौंका विभिन्न नाका हुँदै बाहिरिने गाडीहरुले यात्रुसँग दोब्बरभन्दा बढी भाडा असुल्ने गरेको जनगुनासो बढेसंगै अनुगमनलाई समेत थप कडाई गरेको हो ।मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले गरेको अनुगमनमा छड्के जाँच गर्ने क्रममा २१ सवारीमध्ये १७ वटाले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुलेको भेटिएको हो ।

बढी भाडा लिने सवारीबाट बढी असुलिएको भाडा तुरुन्तै फिर्ता गराइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।‘४ वटा सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गराइएको छ,’ श्रेष्ठले भने, ‘यात्रुले तोकिएको भाडा तिरेर चढेको थोरैमात्रै भेटियो । अधिकांश सवारीले उच्चदरमा भाडा असुलेका छन् ।’

LIVE TV