१ भाद्र २०७३, बुधबार

काठमाडौं उपत्यकामा मात्रै पछिल्ला १० वर्षमा ११ हजार आठ सय १३ वटा मोटरसाइकल हराएको निवेदन महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता कक्षमा परेको छ । यसरी चोरी भएका सवारीसाधन आपराधिक क्रियाकलापमा प्रयोग हुने सम्भावना हुन्छ । सवारीसाधनको चोरी, चोरी हुन सक्ने अवस्था र अपनाउनुपर्ने सावधानीबारे केही चर्चा गरौा । नयाँ पत्रिकामा   ट्राफिक प्रहरी नायब निरीक्षक विष्णु थापाले लेख्नु भएको  छ

मुलुकी ऐनको चोरीको महल (४) अनुसार धनीको मञ्जुरी नलिई बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ । त्यस्तै, सवारीसाधनको हकमा भन्सार छली आयात गरिएको, नक्कली नम्बरप्लेट राखी चलाइएको, यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाएको, तथा कानुनी रूपमा आयातित गरी तोकिएको समयावधिपछि कानुनी सर्त उल्लंघन गरी चलेको सवारीसाधनलाई समेत चोरीको मान्न सकिन्छ ।

bike

चोरी हुने कारण असुरक्षित पार्किङ, अतिरिक्त लक प्रयोग नगर्नु, जुनसुकै साँचोले खुलिने हुँदासम्म सवारी मर्मत नगर्नु, घरमै पार्किङ गरेको त हो नि भनी लापर्वाही गरेर लामो समयसम्म एकै स्थानमा राख्नुजस्ता कारण प्रमुख छन् । कसले गर्छन् चोरी ? सवारीसाधनको चोरीमा विशेषगरी पेसेवर चोर, गुन्डागर्दीमा संलग्न व्यक्ति, पकेटमार, लुटेरा, लागुऔषधका दुव्र्यसनी, देखासेखी गर्ने, बेरोजगार युवा तथा छोटो समयमा सजिलै धेरै कमाउन चाहनेहरू बढी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाउँछ । चोरी गर्ने विधिहरू विशेषगरी, सवारीसाधनको लक तोडेर, डाइरेक्ट स्टार्ट गरेर, मास्टर की प्रयोग गरेर, एकान्तमा लुटेर, गाडीमा लोड गरेर, सवारीसाधन किन्छु भनी अवस्था कस्तो छ हेर्न ट्रायल गर्ने निहुले फरार हुनेजस्ता चोरीका विधि बढी अपनाइन्छ । यसरी सवारीसाधनको चोरी गरिसकेपछि नम्बरप्लेट र रङ परिवर्तन गर्ने, सवारीसाधनको पार्टपुर्जा फेरबदल गर्ने, नक्कली कागजात तयार गर्ने, सोझा व्यक्तिलाई प्रभावमा पारी बिक्री वा बन्धक राख्ने, प्रशासनिक पहुँच नगन्य हुने स्थानमा बिक्री गर्ने, टुक्रा पारी पार्टपुर्जा बिक्री गर्ने, वास्तविक मोडेलको चेसिस र इन्जिनको नम्बर भएको भागबाहेक सबै फेरबदल गर्ने, चोरीका मोटरसाइकलमा चेसिस र इन्जिन नम्बरहरू पन्च गरी प्रयोग गर्ने, विनाकागजात विभिन्न बहानामा धितो राख्नेजस्ता कार्य गर्ने गर्दछन् ।

सेकेन्डह्यान्ड किन्दा ख्याल गरौँ तपाईं मोटरसाइकल किन्दै हुनुहुन्छ भने हेन्डल लक भाँचिएको र पुन: वाइल्डिङ गरेको, इन्जिन नम्बर च्यासिस नम्बर केरमेट गरेको, नम्बरप्लेटमा अर्को (प्लास्टिकको) नम्बर टाँसेको, स्वरूप परिवर्तन गरेको, सवारी दर्ता किताब (ब्लु बुक) साथमा भए/नभएको ख्याल गर्नुपर्छ । त्यस्तै, की होल, ट्यांकी कभर बिग्रिएको, तार छुटाई डाइरेक्ट स्टार्ट गर्ने बनाइएको छ भने विचार पुर्‍याउनुपर्छ । चोरी हुनबाट जोगाउन सवारीसाधन पार्किङ गर्दा अतिरिक्त लक प्रयोग गर्ने, अलार्मलगायतका सुरक्षा उपकरण जडान गर्ने, घर कम्पाउन्डमा पार्किङ गर्दा पनि अतिरिक्त लक लगाउन अल्छी नगर्नेजस्ता सामान्य उपाय अपनाउँदा मोटरसाइकल चोरी हुनबाट जोगाउन सकिन्छ ।

LIVE TV