३२ श्रावण २०७३, मंगलवार

अमेरिकी प्रख्यात पप गायिक म्याडोनाले आफ्नो ५८ वर्षको जन्मदिन मनाउन अचानक क्युबा पुगेकी छिन् ।

दुइदिने भ्रमणका क्रममा त्यहाँ पुगेकी म्याडोनासँग आफ्ना छोराछोरी अन्य केही परिवारका सदस्यका साथै मित्रजनहरु रहेका छन् । निजी विमानबाट क्युबातर्फ लागेकी म्याडोना स्थानीय समयाअनुसार सोमबार साँझ करिब ५ः०० बजे राजधानी सहर हावाना पुगेकी हुन् । अमेरिकी प्रख्यात पप गायिका तथा कलाकार म्याडोनाले क्युबामा क्युबाली ताल र नाँचसहितको एक भव्य भोजको आयोजना गर्ने भएकी छिन् ।

मङ्गलबार उनले क्युबाको हावानास्थित महत्वपूर्ण ऐतिहासिक र साँस्कृतिक इलाकाको भ्रमण गर्ने छिन् । प्रख्यात गायिका म्याडोनाले केही दिन अघि नै आफ्नो जन्मदिन मनाउन सुरु गरेकी थिइन् ।केही दिन अघि उनी जन्मदिन मनाउने क्रममा अफ्रिका पुगेकी थिइन् र त्यहाँका स्थानीय सर्वसाधारणसँग नाँचेकी थिइन् ।

गत वर्ष हावाना र वासिङ्गटनबीच कुटनितिक सम्बन्ध पुनःस्थापना भएपछि अमेरिकी प्रख्यात व्यक्तित्वको लागि क्युवा एक प्रख्यात मनोरञ्जनस्थलको रुपमा रहेको छ । रासस÷सिन्ह्वा

LIVE TV