३२ श्रावण २०७३, मंगलवार

नेपाली सेनाले आफ्नो कल्याणकारी कोषको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । सेनाले कोषको सम्पत्ति ३७ अर्ब पुगेको जनाएको छ । बैंकमामात्रै ३३ अर्ब रुपैयाँ मौज्दात रहेको सेनाले जनाएको छ ।


सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा घर जग्गालगायत विभिन्न क्षेत्रमा गरेको लगानीसहित ३७ अर्वको सम्पति रहेको नेपाली सेनाले जानकारी दिएको हो । सोही अवसरमा सेनाले कल्याणकारी कोषको गतिविधिबारे जानकारी दिएको थियो ।
कल्याणकारी योजना निर्देशक सहायक रथी गौरव तण्डुलले सेनाले ४ अर्ब ४० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको जानकारी दिए । त्यस्तै हाल विभिन्न बैंकमा ३२ अर्व ६९ करोड मौज्दात रहेको र समस्याग्रस्त केही बैंकबाट २८ करोड रुपैयाँ असुल्न बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो । नेपाली सेनाले अक्सिजन प्लान्ट, पिउने पानी, अस्पताल तथा घर जग्गा गरेर दश क्षेत्रमा चार अर्ब रुपैयाँ लगानी गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यस्तै गत वर्षको भूकम्पमा ज्यान गुमाउने सैनिकका परिवारका लागि ३ लाख रुपैयाँका दरले २ अर्ब ४९ करोड रुपैयाँ राहत उपलब्ध गराएको पनि सोही अवसरमा जानकारी दिइएको थियो ।

LIVE TV