३२ श्रावण २०७३, मंगलवार

नेपालको ग्रामिण भेगमा कच्ची सडक खण्ड र पुराना यातायातको अनुगमन नगर्दा सर्बसाधारणहरुले अकालमै मृत्युबरण गर्नु परेको भन्दै काभ्रेपलाञ्चोक बस दुर्घटनाका घाईतेहरुले आक्रोस ब्यक्त गरेका छन् । उनीहरुले तत्काल यातायातमा छुट्टै मापदण्ड बनाएर कायान्वयन गर्न माग पनि गरे ।


यिनी काभ्रे दुर्घटनामा परेर घाइते भएकी कात्तिके देउरालीकी सुभद्रा गिरी । कक्षा नौ मा अध्यनरत यिनी अहिले बोल्न नसक्ने अवस्थामा छिन् चिकित्सकले यिनको टाउकोमा र गालामा रगत जम्मा भएको बताएका छन् । ट्रमा सेन्टरमा उपचार गराइरहेका १४ जना घाइतेहरु मध्ये ३ को अवस्था गंभीर रहेको चिकित्सक बताउँछन् ।
सोमबार काभ्रेको बिर्तादेउरालीमा भएको सडक दुर्घटनामा घाइतेहरुका अनुसार ३२ जनाको सिट क्षमता भएको बसमा यात्रुहरु दोब्बर भन्दा बढि थिए । त्यसमा पनि मालबाहक गाडीमा जस्तो प्रशस्त सामानहरु भरिएको थियो यातायात अनुगमनमा सरकारले आँखा चिम्लिदा आफुहरुको यो अबस्था भएको भन्दै घाइतेहरुले आक्रोस पोखे । दुर्घटनामा पर्ने धेरै भुकम्प पीडितको लाभग्राही सम्झौता गर्न गएका थिए । कोशीपारीको कात्तिकेदेउराली, मादनकुँडारी लगायतका गाविसमा लाभग्राहीको सम्झौता चलिरहेको छ । ठुलो आशा लिएर यात्रारत यिनीहरुले बम सरहको बसमा चढेको पत्तो सम्म पाएनन् र अहिले मृत्युसंग संघर्ष गरिहेका छन् ।
सोमबार काठमाडौंबाट मादनकुडारीतर्फ जाँदै गरेको अरनिको यातायातको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउरालीको खहरेखोलामा दुर्घटनामा परेको हो । अत्याधिक भारका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

LIVE TV